Tamangs and IP's Movement for Establishing Identity & IP rights in Nepal नेपालमा जातीय संघियताको विरोध गर्नु ब्राम्हणवादी संकिर्ण साम्प्रदायिक जातिवादी एकात्मक, केन्द्रीत खस हिन्दू राज्यको परिकल्पना होइन र ?


नेपालमा जातीय(राष्ट्रियता) युक्त संघियताको विरोध गर्नु ब्राम्हणवादी संकिर्ण साम्प्रदायिक जातिवादी एकात्मक, केन्द्रीत खस हिन्दू राज्यको परिकल्पना होइन र ?





नेपालमा २४० वर्ष देखिको ब्राम्हणवादी गोर्शाखाली उपनिवेशिक सत्ताको केन्द्रीय जड राजाको राजसिंहासन ढाले पनि यसले लादेको र बिजारोपन गरेको मनुस्मृतीय राजनीतिक एकल खस जातिय,  एकल खस भाषीय,  एकल हिन्दू धर्मिक केन्द्रिकृत हिन्दू शासकीय सत्ताको अवशेष अझै जातीय ब्राम्हण क्षेत्री समाजको नाममा रहेको होइन र ?
नेपालको वास्तविकता जातीय विविधता Diversity of NationalityNation & Nationality अर्थात् जातीय राष्ट्रियता र नेपालको मौलिक राष्ट्र र राष्ट्रिय स्वाभिमान लाई नेपालको राष्ट्रिय एकता नदेख्ने र अस्वीकार गर्ने अनि ब्राम्हण क्षेत्रीको खसभाषा, हिन्दू धर्म, दौरा सुरूवाल बेलायतीकोटको भेष लाई मात्र नेपालको नेपाली देख्‍ने आत्मगत मोतिबिन्दुइ दृष्टि अनि संसारकै उत्कृष्ट पोषण युक्त गाईको मासु जस्तो पोषणलाई विख देख्‍ने गाईको मासु खाएको निहुमा अझै तामाङ लगायतका जनजाति नेपालको जेलमा कोच्‍नेहरूले देखेको कस्तो नाटकीय बहु जातीय मुलुक होला। अनि धर्मनिरपेक्ष र संघीयता। गणतन्त्र भनेको खस जाति र भाषा केन्द्रित बहुजातीय संघियता अनि बाहुनको भाषा चाहीँ नेपाली भाषा अरे, जो हीन्दीसँग हुबहु मिल्छ। नेपालकै गौरव अरे । अनि हामी आदिवासी नेपालीहरूको नेपाल उत्पत्ति भाषाहरूलाई नेपालीभाषाको रूपमा नस्वीकार्ने बाहुनवादी चिन्तन चाँहीँ कस्तो सग्लो नेपाल, अखण्ड नेपाल, नेपाली र नेपाली राष्ट्रियता? नेपाल जहाँ यहाँको मूलवासीको भाषा धर्मको नामानिशान मेट्न खोज्ने र तथाकथित एकल खस जातीय राष्ट्रिय एकता खोज्नेले । नेपालमा खस जातीय हुलदंगा मच्चाएर या सम्पन्न हुन लागेको शान्ति प्रकृयालाई फेरी गृह युद्धको आगोको ढुग्रोमा धकेल्न खोज्दा कथित लोकतन्त्र र प्रजातन्त्र दुहाइ दिने नेपाली काङग्रेस र एमालेका बृद्ध बाहुन क्षेत्री नेताहरूले अझै नेपाल राष्ट्रिय मुक्ति आन्दोलनलाई बिखण्डनको आन्दोलन देख्ने कस्तो लोकतन्त्र, प्रजातन्त्र र संघीय गणतन्त्र चाहेको नेपालका ब्राम्हणबादी चिन्तनमा रहेका राज नेताहरूले आफ्नो अनन्य छिमेकि भारतकै संघियतालाई मात्र हेरेर बोलेको भए पनि हामी नेपालका न्यायप्रेमी आदिवासी जनजातिहरूले चित्त बुझाउन सकिन्थ्यो । पृथ्वीनारायणले रोपेको एकल खस जातीय शासन सत्ता र गोर्खाली औपनिवेसिकतालाई नै राष्ट्रियता र राष्ट्रिय एकता अनि लोकतन्त्र ठान्ने हो भने नेपाली काङग्रेस र एमालेका नेताहरूको २००७, २०४७ देखि दस वर्षे जनयुद्धको जगमा सम्पन्न जनताको महान जनआन्दोलन २०६२/६३ को उपलब्धि जन चाहना, परिवर्केतनको लक्ष्य के लाई मान्ने ? उहि एउटा खस जातीय भाषिक, धार्मिक, सांस्कृतिक एकात्मक र एकल केन्द्रकृत सत्ता नै हो ? होइन आन्दोलनले नेपालका सबै नेपाली जात र जाति (राष्ट्र Nation)हरूको मुक्ति चाहेको थियो।
अनि एक पटक जाति वा राष्ट्र अर्थात् Nation  शब्दको अर्थ अक्सफोर्ड डिस्नेरीमा हे्र्न पढनका लागि बाहुन क्षेत्री समाजको नाममा अशान्ति हुल्न खोज्नेहरूलाई सुजाऔं अनि यस्ता अराष्ट्रिय तत्वहरू देखि होसियार रहौं । जातीय संघीयता Federal Nationality  कस्तो हो भन्ने बुझ्न स्वीजरल्याण्ड जो नेपाल भन्दा तीन गुणा सानो छ र पनि त्यहाँ ३६ प्रिफेक्चरहरू रहेका छन्। त्यहाँका सबै समुदायको भाषाले स्वीस भाषाको सम्मान पाएका छन् अनि बिशाल हाम्रा छिमेकि भारतलाई मात्र हेरे पुग्छ नी। जातीय (राष्ट्रियता)पहिचानको आधारमा बंगाल, असम, तमिलनाडु, राजिस्थान, महाराष्ट्, पन्जाब आदि राज्यहरू अनि सांस्कृतिक पहिचानका आधारमा बनेको विहार आदि राज्य बन्दा भारतमा देस टुक्र्याउन पृथकताको आन्दोलन भएको इतिहास छैन। बरू भारतबाट गएका  हिन्दूराष्ट्रबादीहरूले श्रीलंकामा पृथकताबादी आन्दोलन चलाए र आफै सिद्दियको प्रमाण हाम्रै सामु ताजा छ। अनि कसले नेपाललाई खण्डित पारेका थिए र पार्छन बरू स्पष्ट देखिन्छ। अनि नेपालका कुन चाहीँ आदिवासी समुदायले नेपाललाई खण्डित पार्नु पर्‍यो भनेर भन्यो भन्न सक्न‍ु पर्‍यो घरी घरी कहिले जिल्ला अखण्ड त कहिले सुदुर पश्‍चिम अखण्ड रे? कसले भनेका छन नेपाललाई खण्डित पार्ने भनेर यस्ता तथाकथित झुटको खेति गरेर नेपाली जनतालाई दबाउने र राष्ट्रमा जातीय विद्वेष फैलाएर फेरी  हुलदंगा मच्चाएर बरू राजै ठीक भन्दै राजा आउ देश बचाउ भन्ने एकात्मक हिन्दू राष्ट्वाद खोज्ने कुनै पनि राजनितीक दल या कथित बुद्धिजीवी या प्राध्यापकहरूलाई अब हामी मुक्तिकामी न्यायप्रेमी नेपाली जनताले टुलुटुलु हेरे बस्ने दिन अब गए। सपना पनि नसोचे हुन्छ कि नेपालमा अब भागि सकेका राजतन्त्र आउने छन्। 
नेपालको २४० वर्षे सामन्ती एकात्मक खस जातीय हिन्दू राष्ट्रवादको केन्द्रीकृत एक जाति, एक भाषा, एक भेषका पक्षपाति तथाकथित ब्राम्हण क्षेत्री समाज र दशनामी धारी नेपालमा गृहयुद्धको झिल्को झोस्ने प्रयास गर्ने कुमारथापाहरूले बुझ्नुन कि नेपालमा अब सवै जाति (राष्ट्र), जात-जाती, वर्ग क्षेत्र र समाजको दिगो विकास र समान विकासको लागि विकेन्द्रीत जातीय संघीयता Federal Nationality अनिवार्य तत्व हो यसको विकल्प छैन। के नेपाल बाहुन क्षेत्रि समाजका को मात्रै बिर्ता हो? भारतमा ५०० भन्दा बढि जाति छन् के त्याहाँ ५०० राज्य बनेका छन् त? के भारतको बंगालमा, पन्जाबमा, तामिल नाडुमा अरू जाति अटेका छैनन् ? होइन भने नेपालमा मौलिक पृतृभूमि र जन्जमभूमि मातृ भूमि  रहेको आदिवासी जनजातीको जातीय (राष्ट्रीय) पहिचान युक्त ऐतिहासिक भूमि, त्यसभूमि भित्र एउटा मौलिक भाषा, राजनैतिक स्वरूप, राजनैतिक प्रणाली, मौलिक सांस्कृतिक पहिचान, परम्परागत ज्ञान, शिप, कला कौसल, प्राकृतिक स्रोतको सँगको भौतिक र जीवन्त सम्बन्ध आदिले युक्त Nation वा राष्ट्र अर्थात् जातिको रूपमा रहेको खसान जडान, मगरात, तमुवान, ताम्सालीङ, नेपाल मण्डल, थरुहट, खम्बुवान, लिम्बुवान भन्दा अरू राष्ट्रोक रुपमा गोर्खाली उपनिवेसीकरण अघि पनि रेहेका कुन कुन जाति(राष्ट्र) कहाँ के छन् त ? बाँकी नेपालका जात-जातिहरू एउटा गोत्र र पैतृक वंश वा एउटा थरका श्रम मल्लकालीन विभाजन र हिन्दू वर्णाश्रमले बनाएका जात-जाती हुन् उनीहरू राष्ट्रको स्वरूप धारण गरेको जाति होइन, भन्ने कुरालाई बुझ पचाएर गोत्र तथा थरहरू लाई सयभन्दा बढि जाति छन भनेर भ्रम फिँजाएर दमन गर्न खोज्ने मनुस्मृतिवादीहरूको कुटिल चाल र नितिले विगत २४० वर्ष देखि नेपाल मुलुकलाई गरिब बनाउँदै खाँदै आएका ब्राम्हणवादी चिन्तनमा डुबेका केहि ब्राम्हण क्षेत्री अगुवाहरू अब नेपालमा गृह युद्ध चाहन्छन् र नेपालको शान्ति सुरक्षा खलबलाउन चाहन्छन् र यो देस हिन्दूराष्ट्र र राजतन्त्रको नाममा विदेसीलाई सुम्पन खोजेको कुरा स्पष्ट छ। 
नेपालको ८५ प्रतिसत भन्दा बढी निजामति लगायत सरकारी सेवा नोकरी,  सुरक्षा निकाय र सम्पूर्ण राज्य संयन्त्रहरू, संवैधानिक निकायहरू आदिका विभिन्न ओहदाहरूमा नेपालको कूल जनसंख्याको २७ प्रतिसत ओगटने क्षेत्री ब्राम्हणको हालिमुहालि दबदबालाई के भन्ने ? नेपाललाई लुटेर अमेरिका, बेलायत आदि मुलुकमा आफ्नो छोरा छोरी अन्य परिवारजन राख्‍नेहरू देखि वास्तविक नेपाली राष्ट्रवादी, नेपालमा सबै जनताको समानुपतिक सहभागिताको अधिकारका पक्षधर हामी नेपालका सच्चा राष्ट्रवादीहरू र यहाँका वास्तविक मालिक भुमिपुत्रहरूले गम्भिर भएर सोच्‍ने बेला आएको छ।
तसर्थ समतामुलक नेपालका सबै जाति, जातजातीहरूको साझा नेपाल, नेपालीत्वको गौरव रहेको नयाँ नेपाल जातीय पहिचानका आधारमा राज्यको भुगोल तथा सबै अंगहरुको पुनरसंरचनाबाट मात्र सम्बृद्ध संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको निर्माण सम्माभव छ। तथाकथित अखण्डको नाममा अबरोध सृजना गर्ने अराष्ट्रिय, विध्वंसकारी साम्प्रदायिक तत्वहरूले सदभाव भन्दै अखण्डको नेपालको नाममा हिन्दुराष्ट्र राजा आउ भन्नुको कलोषित उद्देश्य के हो? भन्ने कुरा स्पष्ट भैसकेको छ। खबरदार शदभाव र्का‍यालीका खोल ओढेर देशमा असमानता, असामन्जस्यता, जातीयदंगा मच्चाउन खोज्नेहरू   ? 
अनि वास्तविक नेपाल र नेपालीको राट्र र राष्ट्रियता (जातीयता) Nation and Nationality लाई बुझेर पनि बुझपचाउने नेपाली काङग्रेस र एमालेका नेताहरूलाई के भन्ने र के गर्ने ? के त काङग्रेस एमालेका बाहुन क्षेत्रीका नजरमा एकिकृत नेपाल कम्युनिष्ट पार्टि माओवादिका बाहुन र क्षेत्री नेताहरू जसले Nation and Nationality जातीय संघियताको वकालत गरि रहेका छन् उनिहरू नेपालका आदिवासी जनजातिका काका वा मामाहरू हुन? यसले नै नेपालको नेपाली काङग्रेस, एमालेका राष्ट्रिय राजनितिज्ञहरू तिनका दलले कस्ता लोकतन्त्र, कस्ता समाजवादी र साम्यवादी, जातीय सदभावका खोल ओढेका छन् भन्ने कुरा छर्लंग छ।
मुलुकको सत्ता विगत २४० वर्ष देखि आफ्नै हातमा छ। सेना, पुलिस निजामति लगायतको सरकारी शक्ति पनि आफ्नै हातमा छ। मुलकको सबै राजनितिक दलमा पनि आफ्नै कब्जामा छ। राष्ट्रको धन सम्पत्ति सबै विगत दिग्बधनसेन, पृथ्वीनारायणशाह देखि नै आदिवासीको उर्वर जग्गा जमीन बिर्तामा बनाएर दिएकाले बाहुन क्षेत्रिकै कब्जामा छ। अनि बाहुन क्षेत्रीको खसभाषा, हिन्दू धर्म मात्रै नेपालको रा्ट्रको नेपाली राष्ट्रीयता बनाएकै छ। बहुजातीहरूलाई दमन उत्पिडनमा राखेर तथाकथित बहुजातीय प्रदेस अनि अखण्ड नेपाल रे कस्तो अच्चम्म कसले भन्यो नेपाल खण्डीत गर्ने ? कुन चाँही जनजातिले भन्यो नेपाल टुक्रएर बेच्ने? बरू हिजो टनकपुर बेचे, लाखौ हेक्टर जमिन भारतले मिचे सत्तामा बसेका बाहुन क्षेत्री कहाँ कति जमीन मातृभूमिको माटोको रक्षा गरे? हाम्रा खर्चक र चरणहरूमा हामीले भेँडीगोठ लान नपाउने गरी सिमानाको सिमाङ्कन गर्ने नापनक्सा गर्ने सत्ताधारीहरू राष्ट्रवादी? तथाकथित चारजात ३६ वर्णका  भेदभावी साम्प्रादायिक बहुजातीयताको नाटकको मन्चन रच्नेहरू नेपालमा आदिवासी आन्दोलन आरम्भएको विसौं वर्ष पछि अनि पटक पटकको राज्यले आदिवासीको पुरसूचिकृतको सूचना जारी गर्दा कहाँ गएका थिए नेपालका बाहुन खसहरू? संयुक्त राष्ट्र संघमा आदिवासी नियोग स्थापना भएको वर्षौ भयो त्यतिखेर कहाँ गएका थिए राज्यको सबै अंगमा रहेका शिक्षित र संभ्रान्त प्रोफेसर, विद्वान अझ संयुक्त राष्ट् संघकै नेपालका प्रतिनिधि भएर बस्नेहरू बाहुन र क्षेत्रीहरू? आज नेपालमा जातीय आदारमा राज्यपुरसंरचना हुन खोजे पछि बल्ल बाहुन क्षेत्रीहरूलाई किन आदिवासी हुनपर्यो ? भन्ने कुरो क्लियर छ काङग्रेस, एमालेका सँधै सत्ता लोलुप कथित प्रजातन्त्रवादी, लोकतन्त्रवादी र समाजवादी गणतन्त्रवादी बाहुन क्षेत्री समाजका नेपालका अगुवा नेताहरू लाई के चाहन्छन् नेपालमा?
अब बाहुन क्षेत्री समाजको आदिवासी हुन चाहेको आकांक्षा, कसैले खण्डित गर्नु पर्‍यो नभन्दापनि अखण्डको जपना गर्नेहरू, आदिवासी जनजाति तथा मधेसीको आन्दोलनमा घूसेर पत्रकार पिटने र त्पही समुदायकाहरू पत्रकारको खोलमा बाहुनवाद र सदभाव र्‍यालीको नाममा अखन्ड हिन्दू अधिराज्यको नारा लगाउने, आदिवासी जनजाति भूमिपुत्र जो नेपालका वास्तविक मालिकहरू हुन उनीहरूलाई नै नेपाल टुक्रा पार्न खजेको भन्ने झुटो खेति गर्दै छन् पत्रकारीतामा घुसेका ब्राम्हणवादी पत्रकारहरू। पत्रकारको कोट ज्याकेट लगाउँदैमा जे पनि गर्ने लेख्‍न र बोल्न पाइन्छ? क्यामरा माईक बोक्दै नेता तथा व्यक्तिहरूलाई जे मनलाग्यो त्यही आरोप र गाली गलौचको भाषामा सराप्न पाइन्छ? यस्तो ब्राम्हणबादीलाई नेपाली जनताले बाटोमा भेटे पिच्छे किन पिट्दैनन् त? त्यो अवस्थाको सृजना जनताले गरेको हो की पत्रकारले नेपाल पत्रकार महासंघले पनि बुझ्नु पर्छ। होइन भने पत्रकारको झोला बोक्दैमा, कोट लगाउँदैमा सबै पत्रकार भनेर हुल्ने अनि जनताको विरुद्धमा जुलुस निकाल्ने? कस्तो विडम्बना? नेपालमा।
थारु आदिवासीको संग्राहलयमा आगजनी गरेर हुलदंगा गर्दै नेपालमा गृह युद्धको संख घोष गर्नेहरू अपराधि नहुने साम्प्रदायिक नहुने। जब अत्याचारको बिरुद्ध जनताको जनसागरलाई देस खण्डित पार्ने देख्‍ने कस्तो पत्रकारीता हो? नेपालको इतिहसमा निकालिएको आदिवासी जनजातिले निकालेको  सबै भन्दा ठूलो सदभभाव मोटर साइकल र्‍यालीलाई नदेख्‍ने? हजार पन्धसय कुलिन सुकिला मुकिलाहरूले निकालेका हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा नारालगाएर निकालेका कथित सदभाव र्‍यालीलाई जनसागर देख्‍ने पत्रकारलाई जनताले नखेदे कसलाई खेदछन्?
राजतन्त्रात्मक बाहुनवादी हिन्दू राष्ट्रवादी शासन सत्ताको २४० वर्षे दमन उत्पीडनको कारण दसवर्षे जनताको शसस्त्र जनबिद्रोह दशौंहजार नेपालका सुपुत्रहरूले बलिदान दिएको जनयुद्धको आड बलमा सन२००७ को महान जनआन्दोलनले राजतन्त्रको अन्त भयो। २४०वर्षे बाहुनबादी एकात्मक, एकल खसजातीय, केन्द्रकृत शासन सत्ताको भेदभाव पूर्ण व्यबहारको बिरुद्ध भएको सचेत मधेश आन्दोलन र जनयुद्धको जस्तो भयानक दर्दनाक आन्दोलन जस्तै अब नेपालका सबै पहाड र हिमाल पनि सल्काउन उत्तेजित पार्ने पासा हालेका बाहुन क्षेत्री समाजका कथीत प्रोफेसर हूँ भनाउँदा देस भँडुवा केहि तत्वहरूले । सग्लो नेपाल र नेपालको राष्ट्रिय मुक्ति आन्दोलनलाई भाँड्न खोज्नेहरूबाट नेपाललाई जोगाउन अब राष्ट्रवादी शक्ति तथा आदिवासी जनजाति पनि सचेत र संयमित ढंगले अगाडी बढ्नु पर्ने परिस्थितिको सृजना भएको छ।
अजितमान तामाङ (चुन्डुअी ग्याल्छेन तामाङ)

Comments