लघु अध्ययन
तामाङ भित्रको तमु वा ग्रोङ (गुरुङ) जाति एक चर्चा:नेपालको प्राचीन तथा आदिम हिमाली मानव जाति मध्ये तामाङ जाति एक हो। नेपालमा हिमाली वा पहाडी मूलका आदिवासी जनजातिहरू मध्ये सबैभन्दा धेरै संख्यामा तामाङ जातिको उपस्थिती रहेको छ। तामाङ जातीको उत्पत्ति वा उदगम् कहाँ कसरी भयो भन्ने स्पष्ट भेटिँन्दैन तर नेपालका प्राचीनकाल, मध्यकालका ऐतिहासिक अभिलेखहरूमा शिलो खोजेजस्तो खोजेमा र तामाङ जातिको पौराणिक र ऐतिहासिक मौखिक कथ्यहरू, लोकसाहित्य, वंशावलीका दस्तावेजहरुमा उल्लेखित विवरण, वर्णन आदिलाई सुक्ष्म रूपमा केलाउने हो भने एक समयमा तामाङहरूको बसोवास र फैलावट सम्पूर्ण जडान प्रदेश वा यारकन्त, मानवसरोवर, स्याङस्युङ युल, माङ युल, यारलुङ (ब्रम्हपुत्र) नदीका उदगम स्थल देखि अन्त्यसम्मका सम्पूर्ण मानव सभ्यतालाई तामाङ सभ्यताको रूपमा लिन सकिन्छ। यस कुरालाई तामाङजातिको थरहरुको उत्पत्ति ठुङसा, बाब्सा र फोलाका बृत्तान्तहरुले पनि कुराको पुष्टी गर्दछ[1] ।
वर्तमान नेपालको परिधि भित्रका भोट बर्मन परिवारका भाषाहरूको ऐतिहासिक भाषा शास्त्रीय कोणबाट वैज्ञानिक विश्लेशन गरेर हेर्ने हो भने अधिकांश भाषाहरूको वंशज "तामाङगीक" भाषा रहेको पाइन्छ[2]।त्यसमा थकाली, गुरूङ, मनाङबा, छन्त्याल, लोबा आदि भाषाहरू पर्दछन्। त्यस कारण तामाङ शब्दको परिभाषा तथा अर्थ, एउटा जाति वाचक संज्ञा मात्र नभएर बृहत्तर जातिय समुदायको पर्याय र क्षेत्र ओगट्ने एउटा दर्शनको रूपमा लिन सकिन्छ। तामाङ दर्शन भित्र थुप्रै अन्य जात जातिका उत्पत्ति र ब्युत्तपत्तिका सम्बन्धमा तामाङ दृष्टिकोणहरू पाईन्छ। त्यस मध्ये नेपालको हिमाली तथा पहाडी आदिवासी जनजाति गुरूङ(तमु)को तामाङ दृष्टिकोणलाई यहाँ चर्चा गरिन्छ।
यो परम्परागत 'वाअी'(उपथर सहितको उपनाम) राख्ने प्रथाका आधारमा त्यहाँका तामाङ समाजलाई कुटुम्बेरीका दुई समूह वा समुदायमा विभक्त गरिएको हुन्छ। यो विभाजनले तामाङ समाजमा बिहेवारि चलाउँदा आफ्नो "ह्रुअी" थर गोत्र मिचिन बाट सिधै रोक्छ। यसले तामाङ समाजको प्राचीनतालाई झल्काउँछ।किनभने विभिन्न थुप्रै जात जतिमा विभक्त (यहाँ जात जाति भन्नाले तामाङ समुदाय भित्रकै विभिन्न थरहरूलाई नै एउटा जातको संज्ञा दिइएको पाईन्छ। अर्थात तिम्रो थर केहो भनेर सोध्न अहिले पनि "अेला जात ता(तीगा)?" भन्ने गरिन्छ) तामाङ समुदायमा आपस कुटुम्बेरी चलाउन सम्पूर्ण "ह्रुअी" लाई दुई समूहमा विभाजन गरेको पाईन्छ। यस 'वाअी थेन्पा' प्रथाले वास्तवमा आफ्नो कुटुम्बेरी नचल्ने बीचको अज्ञानवस हुने विवाह अर्थात् स्वाँगे वा सगोत्री मिचिने सम्भावना रहँदैन। तामाङ समाजमा रहेको यो प्रथाले तामाङ समाज वैज्ञानिक, सुसंस्कृत तवरले संसारिक जीवनचक्र, प्रकृतिक सृष्टिको अवधारणालाई अंगीकार गरेको पुष्टिन्छ।त्यो विभाजनको आधार 'वाअी'(उपनाम) राख्ने प्रथा वा परम्परामा निम्नानुसार रहेको पाईन्छ।
(१) उपनामसँगै, 'ग्रोङ' र 'रोङ' उपथरयुक्त उपनामबाट सुसज्जित हुने,
(२) उपनामसँगै, 'लामा' र 'लमो' उपथरयुक्त उपनामबाट सुसज्जित हुने।
यो परम्परा अद्यापी प्रचलनमा प्रयोगमा छ ।
यसरी 'वाअी थेन्पा' उपनाम राख्दा प्राय तन्नेरी जवान भएपछि जात्रा, मेलापात, वा अनेत्र भेटहुँदा युवा युवतिहरू एक आपसमा "अेला वाअी ता?(तीगा)" (तिम्रो वाअी (उपनाम र उपथर)के?)भनेर सोध्ने र त्यस्तो 'वाअी' नभएमा साथिसँगिहरूमा एक अर्काले प्रचलित परम्परा अनुसार 'वाअी' राखिदिने राख्ने चलन छ। यहाँको तामाङ समाजमा यस्तो 'वाअी'(उपनाम र उपथर) राख्दा 'ग्रोङ' र 'रोङ' तथा 'लामा' र 'लमो' राख्नुको मुलभूत आधारको रूपमा 'ह्रुअी' (थर वा गोत्र=जात)लाई लिएको पाईन्छ।जस अनुसार 'वाअी' राख्ने परम्परालाई केलाऐर हेर्दा बौद्ध भिक्षु वा लामा(=गुरु) भइ प्रबज्यीत हुने परम्परागत तामाङ अवधारणा जुन धारणा अहिले पाइन्दैन।त्यो पुरानो परम्परागत बौद्ध भिक्षु(लामा) हुन पाइने थरकाहरू र लामा कोन्ज्यो नामक फोल्ह:(कूल देवता) पुज्ने थर र गोत्रका तामाङ समुदाय भित्रका तामाङहरूले 'वाअी'(=उपनाम र उपथर) राख्दा उपनासंग पुरूष भए 'लामा' र स्त्री भए 'लामो' राख्ने परम्परा पाइन्छ, भने "लामा कोन्ज्यो" वाहेकका सम्पूर्णक प्रकारको फोल्ह कूल पुज्ने थर तथा गोत्रका तामाङ समुदायले 'वाअी'(=उपनाम र उपथर) राख्दा 'ग्रोङ' वा 'रोङ' र 'वाती' जोड्ने गरिन्छ।
(क) आफ्नो उपनामको साथमा 'लामा' र 'लमो' 'वाअी' धारण गर्न पाउने थर वा गोत्रहरू:-
चोथेन, स्योङथेन, ब्लेन्देन, योन्जन, फ्युबा, लोप्चन, बम्जन आदि "लामा कोन्ज्यो" पुज्ने समुदाय हुन्;।
(ख) आफ्नो उपनामको साथमा 'ग्रोङ' वा 'रोङ' र 'वाती' 'वाअी' धारण गर्न पाउने थर वा गोत्रहरू:-
माम्बा, डीमडुङ, गोले, वाअीबा, मोक्तान, पाख्रीन, गोम्जा, ग्याप्पा, थोक्रा, ग्ले(ग्याल्दाङ, बोङजो, सुरत, ग्याजारोङ, नामसीङ अीमान, दाम्के) आदि हुन्।
-सेल्चाग्रोङ/सेल्चारोङ, अुअीग्रोङ/अुअीनारोङ, मगुग्रोङ/मगुरोङ, मार्ग्रोङ/मार्रोङ, खीग्रोङ/खीरोङ, उर्चाग्रोङ/उर्चारोङ, पेडाग्रोङ/पेडारोङ, गेसाग्रोङ/गेसारोङ, बेग्रोङ/बेरोङ, मच्चाग्रोङ/मच्चारोङ, मैग्रोङ/मैरोङ, मेन्चाग्रोङ/मेन्चारोङ, दाम्जाग्रोङ/दाम्जारोङ, चीचाग्रोङ/चीचारोङ, सीर्चाग्रोङ/सीर्चारोङ आदि।
यसप्रकारको तामाङ जातिमा भएको 'रोङ' र 'ग्रोङ' थरका नाम गुरूङ जातिमा पनि रहेको पाइन्छ।तामाङको जस्तै गुरुङ जातिमा पनि दुइ समूह रहेको कुरा इमानसिं चेमजोङको किरात इतिहास संस्कृति पुस्तकमा दिएको गुरुङ वंशावलीले प्रमाणित गर्दछ[5]। त्यसकारण तामाङका समुदाय भित्रको ग्रोङ वा रोङ वाअी-उपनाम र उपथर) धारी तामाङहरु नै पछि Grong=Rong=GURUNG गुरुङ भएको कुरालाई भाषाविज्ञानका व्युत्पत्तिका सिद्धान्त र ध्वनी परिवर्तन (sound change)का सिद्धान्तले पनि प्रमाणीत गर्दछ त्यसमा कुनै शंका गर्ने ठाउँ छैन् । तर आजभोली भने यसभेगका ग्रोङहरु आफूलाई गुरुङ छुट्टै जाति अझ तामाङभन्दा उचो जातिको ठान्दछन्। धर्म संस्कृतिहरु पनि धेरै जसो हिन्दूहरुको ग्रहण गरिसकेका छन्। भाषा पनि मिजासिलो र मिठास पूर्ण खस नेपाली बोल्दछन्। लेखक स्वयंको गाउँमा यो 'वाअी'(=उपनाम र उप थर) प्रथा र ग्रोङ वा रोङले गुरुङ/तमुहरुलाई बुझाउँने कुरा एउटा जिज्ञासाको रुपमा रहेको थियो तर यो लघु खोज र अध्ययन कै क्रममा जब सिक्किम गान्तोक पु्गे, त्यहाँ कुमार योन्जन ज्योज्योको निजी पुस्तकालयमा रहेको एउटा "किरात इतिहास र संस्कृति" पुस्तक पढने अवसर प्राप्त भयो । त्यसपछि वर्षौं अघिदेखिको जिज्ञासाको प्रतिउत्तर स्वयं गुरुङ कै वंशावलीमा भएको कुरा भेटियो र उक्त पुस्तकमा छापिएको "शेरबहादुर गुरुङ संस्करण" भनिएको त्यो गुरुङ वंशावलीले तामाङ जातिमा भएको उपरोक्त 'वाअी'(=उपनाम र उपथर)ले कालान्तरमा छुट्टै जातको जन्म वा विकास भएको कुरालाई पुष्टि गरेको छ । पहिले मैले प्रदिप थापा मगरसंग चिया गफमा यो कुरा छुस्स चुहाएको थिए“ । उहा“ले आङ्खनो पुस्तक 'कोहुन जात फेर्नेहरु' नामक पुस्तीकामा उल्लेख गर्नु भएको थियो ।
तामाङ जातिमा भएको "वाअी"(=उपनाम र उपथर) प्रथा ग्रोङ वा रोङ Grong=Rong बाट गुरुङ(=GURUNG) भइसकेपछि प्रसिद्ध र उच्चवर्गको दर्जा पाएकाले र राज्यसत्ता धारीहरूले तामाङहरुलाई चिनाउँदा बोलाउँदा लामा भोटे भनेर पुकार्ने, गिल्ला गर्ने, तामाङहरूमा पनि धेरै पछिमात्र 'गुरुङ' वा 'लामा' लेख्न थालेका हुन् ।
त्यस्तै 'तमु' सम्बन्धमा पनि तामाङहरुको ग्ले वा राजवंश ग्ले(=घले) का रोचक र इतिहास संगत तथ्यहरू भेटिन्छ।यस्तै तथ्यहरू मध्ये एक हालको लमजुङ पनि तामाङ ग्ले कै जोङ राजधानी वा प्रशासनिक केन्द्र "लामजोङ" रहेका ऐतिहासिक कथन पाइन्छ।सो कथन अनुसार सेमजोङमा दागुर नामको अुअीबा थियो। राजा दाकुरका कान्छा छोरा कुन्दो स्हाङबो ग्लेजा(=कान्छा राजकुमार) ह्यापेङको सल्यानीहरुसंगको छलकपट पूर्ण युद्धबाट (हेर्नुहोस्-तामाङ जातिका मौखिक इतिहासका अवशेषहरू- पृ ६४-६८) हारेपछि आरुघाट तरि लमजुङको पाअीकु(=पैकु)मा पुगे । उनले त्यँही नै आङ्फ्नो राज्य स्थापना गर्न सफल भए । त्यहाँ कुन्दोस्हाङबोलाई 'चाअीम्हीकी र नाअीसीङ ग्ले-घले)को नामले पुकारिन्थ्यो । उनको चार भाई ग्लेजाहरु(=राजकुमारहरू)भए। जेठा तामा ग्रोङ, महिला चामाग्रोङ, साअीला कुलेग्रोङ र कान्छा तुलेग्रोङ थिए । पाअीकुका बासिन्दाले कुन्दो स्हाङबोका चारभाई छोराहरुलाई यीनीहरु तामाङको सन्तान थिए भनेर भन्ने गर्थे।तामाङ थिए भनेर आफ्नो भाषामा "तामाङ मुबा/मुला" भन्ने गरिन्थ्यो त्यही "तामाङ मुबा" व्युत्पत्ति भएर 'तमु' (=तामाङ मुबा) भन्न थाले भनिन्छ । आज त्यहि अनरुप गुरुङहरुमा चार जात पनि पाइन्छ।तत्कालीन भुरेटाकुरे सामन्ती राज्यका ग्ले(=घले) तीनै चारभाइ तामाङ ग्लेजाहरूले(घले=राजाहरूले) राज गरेको थियो भनिन्छ।किनभने पैकुका कयौं गाउँहरुमा आजभोलि पनि तामाङहरुको पुरानो बसोवास पाइन्छ । त्यस क्षेत्रका कयौंले तामाङहरूले पहिले विभिन्न कारणले आफ्नो थर गुरुङ लेखेको भएतापनि आजभोलि गौरवका साथ तामाङ नै भन्न गर्व गर्न थाली सकेको उदाहरण प्रसस्तै पाईन्छ। उदाहरणीय व्यक्तिको रूपमा पूर्व बेलायती गोर्खा सेना तथा नेपाल तामाङ ग्हेदुङका, लमजुङ जिल्लाका केन्द्रीय सदस्य मंगल गुरूङलाई लिन सकिन्छ।पहिले गुरूङ भएका तामाङहरूले अहिले इतिहास र संस्कार संस्कृति, भाषाका आधारमा आफूलाई पून: तामाङमा बदलेको तथ्य हालको गोर्खा, तनहू, लमजुङ जिल्लाहरूमा प्रशस्तै पाइन्छ । केही तामाङहरुले ब्रिटिस र भारतीय सेनामा भर्ना हुन आफ्नो नामको पछाडी गुरुङ लेखेका छन् । नेपाल तामाङ ग्हेदुङले भारतीय रक्षा मन्त्रालय, नेपालको प्रधानमन्त्री लगायत विभिन्न निकायहरुमा अन्जानमा जागिर पाउन गुरुङ लेखे पनि आफ्नो जाति तामाङ भएकोले तामाङनै लेख्न पाउँ भनि पत्राचार गरेर जावाफ प्राप्त गरे पश्चात तामाङ नै लेखेर जागिर पाउने भइसकेका छन्।
यसरी नेपालको सबै भन्दा प्राचीन तामाङ जाति र समाज भित्र तामाङ भन्दा भिन्दै जातिको रूपमा चिनिने आदिवासी जनजातिलाई बुझाउने "गुरूङ" संज्ञा र गुरूङ जातिले आफ्नो भाषामा गर्वका साथ आफूलाई बुझाउन प्रयोग गरि आएको शब्द "तमु" सँगको सम्बन्ध रहेको कथनहरूलाई यहाँ सारमा प्रस्तुत गरेका छु।तर यो सानो अध्ययनको मूल लक्ष्य र उदेश्य आफ्नो छुट्टै अस्तीत्व बोकेका गुरूङ जाति र गुरूङजातिको आत्म गौरव 'तमु' संज्ञाको मनगढन्ते र अपव्याख्या गर्न खोजिएको भने होइन।तसर्थ त्यो रूपमा नलिई दिनहुन समेत सबैमा अनुरोध गर्दछु।
थुजेछे।
अजितमान चोथेन लोप्चन बोमताङ पश्चिम १ नम्बर त्रिसुली
[1] जि.डि.लामा, "तामाङ च्युङनीला ठीमतेन तामछ्योअी" पृ.१०-१२ हेर्नुहोस ।[2] हेर्नुहोस, माअीकल नुनम 'Recent language contact in Nepal-2003'[3] हेर्नुहोस, "तामाङ जातिको मौखिक इतिहासका अवशेषहरू" पृ.४०[4] हेर्नुहोस, "तामाङ जातिको मौखिक इतिहासका अवशेषहरू" पृ.४०
[5]इमान सि चेमजोङ- "किरात इतिहास र संस्कृति"को नेपालीमा अनुवादक शेरबहादुर इङनाम पपो लिम्बू -२०५१)मा पश्चिम नेपालका किरात राजाहरुको उपलब्धि, अध्याय-४ अन्तरगत पाना नं. १३२ र १३३ मा गुरुङ जातिको यसरी दुइ जाति वर्गिकरण गरेर दिएको छ।
..."ल्पिग्यी जातिः-घले बाह्र परिवारमा विभक्त छन् । घण्डे तेत्तीस परिवारमा विभक्त छन् । लामा तेइस परिवारमा र लामिछाने चालीस परिवारमा विभक्त छन् । कुग्यी जाति:-कुग्यी जातिको गुरुङ एकसय परिवारमा विभक्त छन् । रिल्ली, रिल्टेन, जर्र्लेन, सामारी, समुन्देर, कियलदुङ, खाजी र पार्जा वर्ग चाहिं घले जातिमा प्रसिद्ध छन् । तिनीहरुको आङ्खनै बंशावली छ ।
"एदुङ ग्रोङ, चेविरोङ, चोम रोङ, घोल रोङ, होज रोङ, कालि रोङ, केलोन रोङ, कोन ग्रोङ, कुदला रोङ, लो रोङ, माजु रोङ, मेजी रोङ, ल्मुग रोङ, नाजी रोङ, पाच्रो रोङ, पोचकी रोङ, रिजो रोङ, सिनगो रोङ, टाग रोङ, थाकु रोङ, तेन ग्रोङ, वर्ग पनि गुरोङ वा गुरुङ जातिका प्रसिद्ध वर्ग हो ।
पाच्यु लामा, टङगी लामा, पुनजी लामा, कुरुङगी लामा, ध्याप्रीङ लामा पनि गुरुङको लामा वर्गमा प्रसिद्ध छन् । तर ध्यप्रीङ लामा सामान्यतया गुरुङको प्रमुख लामा हो । पच्यु लामा चाहिं घलेहरुको प्रमुख पुरोहित हो । जसले तिब्बते लामा धर्मको अनुसरण गर्दछ लेम र प्लोनेका बंशज जो लामिछाने गुरुङ नामले प्रसिद्ध छन् । ती आदि ।............"
तामाङ भित्रको तमु वा ग्रोङ (गुरुङ) जाति एक चर्चा:नेपालको प्राचीन तथा आदिम हिमाली मानव जाति मध्ये तामाङ जाति एक हो। नेपालमा हिमाली वा पहाडी मूलका आदिवासी जनजातिहरू मध्ये सबैभन्दा धेरै संख्यामा तामाङ जातिको उपस्थिती रहेको छ। तामाङ जातीको उत्पत्ति वा उदगम् कहाँ कसरी भयो भन्ने स्पष्ट भेटिँन्दैन तर नेपालका प्राचीनकाल, मध्यकालका ऐतिहासिक अभिलेखहरूमा शिलो खोजेजस्तो खोजेमा र तामाङ जातिको पौराणिक र ऐतिहासिक मौखिक कथ्यहरू, लोकसाहित्य, वंशावलीका दस्तावेजहरुमा उल्लेखित विवरण, वर्णन आदिलाई सुक्ष्म रूपमा केलाउने हो भने एक समयमा तामाङहरूको बसोवास र फैलावट सम्पूर्ण जडान प्रदेश वा यारकन्त, मानवसरोवर, स्याङस्युङ युल, माङ युल, यारलुङ (ब्रम्हपुत्र) नदीका उदगम स्थल देखि अन्त्यसम्मका सम्पूर्ण मानव सभ्यतालाई तामाङ सभ्यताको रूपमा लिन सकिन्छ। यस कुरालाई तामाङजातिको थरहरुको उत्पत्ति ठुङसा, बाब्सा र फोलाका बृत्तान्तहरुले पनि कुराको पुष्टी गर्दछ[1] ।
वर्तमान नेपालको परिधि भित्रका भोट बर्मन परिवारका भाषाहरूको ऐतिहासिक भाषा शास्त्रीय कोणबाट वैज्ञानिक विश्लेशन गरेर हेर्ने हो भने अधिकांश भाषाहरूको वंशज "तामाङगीक" भाषा रहेको पाइन्छ[2]।त्यसमा थकाली, गुरूङ, मनाङबा, छन्त्याल, लोबा आदि भाषाहरू पर्दछन्। त्यस कारण तामाङ शब्दको परिभाषा तथा अर्थ, एउटा जाति वाचक संज्ञा मात्र नभएर बृहत्तर जातिय समुदायको पर्याय र क्षेत्र ओगट्ने एउटा दर्शनको रूपमा लिन सकिन्छ। तामाङ दर्शन भित्र थुप्रै अन्य जात जातिका उत्पत्ति र ब्युत्तपत्तिका सम्बन्धमा तामाङ दृष्टिकोणहरू पाईन्छ। त्यस मध्ये नेपालको हिमाली तथा पहाडी आदिवासी जनजाति गुरूङ(तमु)को तामाङ दृष्टिकोणलाई यहाँ चर्चा गरिन्छ।
तामाङ भाषामा गुरुङलाई 'ग्रोङ' वा 'रोङ' भनिन्छ। अर्थात ग्रोङ(GRONG)ले 'गुरुङ' भन्ने बुझाउँछ । प्राचीन तथा पुरानो तामाङ बस्ती र क्षेत्रहरूमा "गुरुङ" लाई छुट्टै जाति, तामाङ भन्दा भिन्न जातिको रूपमा लिईंदैन[3]।नेपालको सबैभन्दा पुरानो तामाङ क्षेत्र स्याङस्युङयुल, माङयुल (तिब्बतको केरोङ प्रदेश), लाह्री, लाप्साङकार्पो (गणेश), लाराङलुरूङ, लाङटाङ हिमालदेखि दक्षिण, बुढी गण्डकिदेखि पूर्व, त्रिशूली गंगादेखि पश्चिम र दक्षिणमा यी दुइ नदीको दोभानदेखि माथिको तामाङ क्षेत्रमा गुरुङलाई छुट्टै जातिको रूपमा लिइन्दैन, बरू, तामाङ भित्रकै एउटा उपसमूहको रुपमा लिइन्छ। यो क्षेत्रको तामाङ समाजमा रहेको उपनाम र उपथर राख्ने प्रथालाई नियालेर अध्ययन गरेमा 'ग्रोङ'(=Grong=Grung) शब्दको उत्पत्ति र व्युत्पत्ति बारे सजिलै थाहा पाउन सकिन्छ। उनीहरू गुरूङ जातिलाई बुझाउन आजभोलि अहिले पनि 'ग्रोङ' वा 'रोङ' नै प्रयोग गर्दछन् अर्थात गुरूङ भनेको 'ग्रोङ' वा 'रोङ' हो भन्ने बुझ्दछन्।गुरुङहरू आफैले आफ्नो जातिलाई बुझाउन, अति गौरव र गर्वका साथ 'तमु' शब्दले शम्बोधन गर्ने गरिन्छ।यो 'तमु' शब्दका बारेमा पनि त्यस क्षेत्रका तामाङ गाउँमा बेग्लै रोचक कथ्य आख्यान पाइन्छ[4]।विशेष गरेर माथि उल्लेख गरेका क्षेत्रको नुवाकोट जिल्लाका फिकुरी, कार्की, मानेगाङ, काउली, बाल्ची, साङगाम, बोमताङ, सावाङ, दोलेप, आम्बाथाङ, देउली, मैबोल, दाङसीङ, गोरस्याङ, ओख्रेनी, कीमताङ आदि र धादिङ जिल्लाको सम्पूर्ण उत्तरी भेग सेमजोङ, गाइरा, मार्पाक, गुम्दी, दार्खा, पाटागोम्बोगाङ, खनीबास, जारनाङ, बोराङ, सेरतुङ, तीपलीङ रसुवा जिल्लाका ग्राङ, बोल्दोङ, गालाङ, गोल्जोङ, हाकु, थाङमाचेत, गोम्बाङ आदी प्राचीन तामाङ गाउँहरूमा आफ्नो नामको साथै उपथर सहितको उपनाम राख्ने प्रथा वा परम्परा पाइन्छ।यस उपनाम राख्ने परम्परालाई स्थानीय तामाङभाषामा "वाअी" भनिन्छ अर्थात उपथर सहितको उपनाम राख्नुलाई 'वाअी थेन्पा' भनिन्छ।
उपथरसंग जोडीनाका लागि चयन गरिने उपनाम त्यो व्यक्तिको ज्ञान, गुण, वर्ण, व्यक्तित्व, चरित्र, बानी व्यहोराहरू, जन्मजात विशेषताहरूका आधारमा गरिन्छ।जस्तै:- अति चलाख, विद्वान भएमा 'खेचा', गोरो वर्णको भए 'तार', सुनौलो भए म्हार्चा, सिसा जस्तो भए 'सेल्चा' वा 'सीर्चा', मणी जस्तो भए 'नुर्बु' आदि उपनामसंग पुरूषलाई 'ग्रोङ' र स्त्रीलाई 'वाती' तथा पुरूषलाई 'लामा' र स्त्रीलाई 'लमो' यी दुइ प्रकारका उपथर बुझाउने प्रत्येय जोडेपछि बल्ल 'वाअी" (=पूर्ण उपनाम) राखिन्छ।जस्तै:- खेचालामा/खेचालामो या खेचाग्रोङ/खेचारोङ, म्हार्चालामा/म्हार्चालामो या म्हार्चाग्रोङ/म्हार्चारोङ, सेल्चालामा/सेल्चालामो या सेल्चाग्रोङ/सेल्चारोङ आदि पूर्ण 'वाअी'का उदाहरण हुन्।यो परम्परागत 'वाअी'(उपथर सहितको उपनाम) राख्ने प्रथाका आधारमा त्यहाँका तामाङ समाजलाई कुटुम्बेरीका दुई समूह वा समुदायमा विभक्त गरिएको हुन्छ। यो विभाजनले तामाङ समाजमा बिहेवारि चलाउँदा आफ्नो "ह्रुअी" थर गोत्र मिचिन बाट सिधै रोक्छ। यसले तामाङ समाजको प्राचीनतालाई झल्काउँछ।किनभने विभिन्न थुप्रै जात जतिमा विभक्त (यहाँ जात जाति भन्नाले तामाङ समुदाय भित्रकै विभिन्न थरहरूलाई नै एउटा जातको संज्ञा दिइएको पाईन्छ। अर्थात तिम्रो थर केहो भनेर सोध्न अहिले पनि "अेला जात ता(तीगा)?" भन्ने गरिन्छ) तामाङ समुदायमा आपस कुटुम्बेरी चलाउन सम्पूर्ण "ह्रुअी" लाई दुई समूहमा विभाजन गरेको पाईन्छ। यस 'वाअी थेन्पा' प्रथाले वास्तवमा आफ्नो कुटुम्बेरी नचल्ने बीचको अज्ञानवस हुने विवाह अर्थात् स्वाँगे वा सगोत्री मिचिने सम्भावना रहँदैन। तामाङ समाजमा रहेको यो प्रथाले तामाङ समाज वैज्ञानिक, सुसंस्कृत तवरले संसारिक जीवनचक्र, प्रकृतिक सृष्टिको अवधारणालाई अंगीकार गरेको पुष्टिन्छ।त्यो विभाजनको आधार 'वाअी'(उपनाम) राख्ने प्रथा वा परम्परामा निम्नानुसार रहेको पाईन्छ।
(१) उपनामसँगै, 'ग्रोङ' र 'रोङ' उपथरयुक्त उपनामबाट सुसज्जित हुने,
(२) उपनामसँगै, 'लामा' र 'लमो' उपथरयुक्त उपनामबाट सुसज्जित हुने।
यो परम्परा अद्यापी प्रचलनमा प्रयोगमा छ ।
यसरी 'वाअी थेन्पा' उपनाम राख्दा प्राय तन्नेरी जवान भएपछि जात्रा, मेलापात, वा अनेत्र भेटहुँदा युवा युवतिहरू एक आपसमा "अेला वाअी ता?(तीगा)" (तिम्रो वाअी (उपनाम र उपथर)के?)भनेर सोध्ने र त्यस्तो 'वाअी' नभएमा साथिसँगिहरूमा एक अर्काले प्रचलित परम्परा अनुसार 'वाअी' राखिदिने राख्ने चलन छ। यहाँको तामाङ समाजमा यस्तो 'वाअी'(उपनाम र उपथर) राख्दा 'ग्रोङ' र 'रोङ' तथा 'लामा' र 'लमो' राख्नुको मुलभूत आधारको रूपमा 'ह्रुअी' (थर वा गोत्र=जात)लाई लिएको पाईन्छ।जस अनुसार 'वाअी' राख्ने परम्परालाई केलाऐर हेर्दा बौद्ध भिक्षु वा लामा(=गुरु) भइ प्रबज्यीत हुने परम्परागत तामाङ अवधारणा जुन धारणा अहिले पाइन्दैन।त्यो पुरानो परम्परागत बौद्ध भिक्षु(लामा) हुन पाइने थरकाहरू र लामा कोन्ज्यो नामक फोल्ह:(कूल देवता) पुज्ने थर र गोत्रका तामाङ समुदाय भित्रका तामाङहरूले 'वाअी'(=उपनाम र उपथर) राख्दा उपनासंग पुरूष भए 'लामा' र स्त्री भए 'लामो' राख्ने परम्परा पाइन्छ, भने "लामा कोन्ज्यो" वाहेकका सम्पूर्णक प्रकारको फोल्ह कूल पुज्ने थर तथा गोत्रका तामाङ समुदायले 'वाअी'(=उपनाम र उपथर) राख्दा 'ग्रोङ' वा 'रोङ' र 'वाती' जोड्ने गरिन्छ।
(क) आफ्नो उपनामको साथमा 'लामा' र 'लमो' 'वाअी' धारण गर्न पाउने थर वा गोत्रहरू:-
चोथेन, स्योङथेन, ब्लेन्देन, योन्जन, फ्युबा, लोप्चन, बम्जन आदि "लामा कोन्ज्यो" पुज्ने समुदाय हुन्;।
(ख) आफ्नो उपनामको साथमा 'ग्रोङ' वा 'रोङ' र 'वाती' 'वाअी' धारण गर्न पाउने थर वा गोत्रहरू:-
माम्बा, डीमडुङ, गोले, वाअीबा, मोक्तान, पाख्रीन, गोम्जा, ग्याप्पा, थोक्रा, ग्ले(ग्याल्दाङ, बोङजो, सुरत, ग्याजारोङ, नामसीङ अीमान, दाम्के) आदि हुन्।
केही वाअी(=उपनाम र उपथर)का उदाहरण:-
-उर्चालामा/उर्चालमो, सुर्चालामा/सुर्चालामो, नीमालामा/नीमालामो, येन्जालामा/यन्जालामो, पेलामा/पेलामो, मार्चालामा/मार्चालामो, फाअीलामा/फाअीलामो, मेन्चालामा/मेन्चालामो, सेल्चालामा/सेल्चालामो, दाम्जालामा/दाम्जालामो, गेसालामा/गेसालामो, ग्याजालामा/ग्याजालामो आदि-सेल्चाग्रोङ/सेल्चारोङ, अुअीग्रोङ/अुअीनारोङ, मगुग्रोङ/मगुरोङ, मार्ग्रोङ/मार्रोङ, खीग्रोङ/खीरोङ, उर्चाग्रोङ/उर्चारोङ, पेडाग्रोङ/पेडारोङ, गेसाग्रोङ/गेसारोङ, बेग्रोङ/बेरोङ, मच्चाग्रोङ/मच्चारोङ, मैग्रोङ/मैरोङ, मेन्चाग्रोङ/मेन्चारोङ, दाम्जाग्रोङ/दाम्जारोङ, चीचाग्रोङ/चीचारोङ, सीर्चाग्रोङ/सीर्चारोङ आदि।
यसप्रकारको तामाङ जातिमा भएको 'रोङ' र 'ग्रोङ' थरका नाम गुरूङ जातिमा पनि रहेको पाइन्छ।तामाङको जस्तै गुरुङ जातिमा पनि दुइ समूह रहेको कुरा इमानसिं चेमजोङको किरात इतिहास संस्कृति पुस्तकमा दिएको गुरुङ वंशावलीले प्रमाणित गर्दछ[5]। त्यसकारण तामाङका समुदाय भित्रको ग्रोङ वा रोङ वाअी-उपनाम र उपथर) धारी तामाङहरु नै पछि Grong=Rong=GURUNG गुरुङ भएको कुरालाई भाषाविज्ञानका व्युत्पत्तिका सिद्धान्त र ध्वनी परिवर्तन (sound change)का सिद्धान्तले पनि प्रमाणीत गर्दछ त्यसमा कुनै शंका गर्ने ठाउँ छैन् । तर आजभोली भने यसभेगका ग्रोङहरु आफूलाई गुरुङ छुट्टै जाति अझ तामाङभन्दा उचो जातिको ठान्दछन्। धर्म संस्कृतिहरु पनि धेरै जसो हिन्दूहरुको ग्रहण गरिसकेका छन्। भाषा पनि मिजासिलो र मिठास पूर्ण खस नेपाली बोल्दछन्। लेखक स्वयंको गाउँमा यो 'वाअी'(=उपनाम र उप थर) प्रथा र ग्रोङ वा रोङले गुरुङ/तमुहरुलाई बुझाउँने कुरा एउटा जिज्ञासाको रुपमा रहेको थियो तर यो लघु खोज र अध्ययन कै क्रममा जब सिक्किम गान्तोक पु्गे, त्यहाँ कुमार योन्जन ज्योज्योको निजी पुस्तकालयमा रहेको एउटा "किरात इतिहास र संस्कृति" पुस्तक पढने अवसर प्राप्त भयो । त्यसपछि वर्षौं अघिदेखिको जिज्ञासाको प्रतिउत्तर स्वयं गुरुङ कै वंशावलीमा भएको कुरा भेटियो र उक्त पुस्तकमा छापिएको "शेरबहादुर गुरुङ संस्करण" भनिएको त्यो गुरुङ वंशावलीले तामाङ जातिमा भएको उपरोक्त 'वाअी'(=उपनाम र उपथर)ले कालान्तरमा छुट्टै जातको जन्म वा विकास भएको कुरालाई पुष्टि गरेको छ । पहिले मैले प्रदिप थापा मगरसंग चिया गफमा यो कुरा छुस्स चुहाएको थिए“ । उहा“ले आङ्खनो पुस्तक 'कोहुन जात फेर्नेहरु' नामक पुस्तीकामा उल्लेख गर्नु भएको थियो ।
तामाङ जातिमा भएको "वाअी"(=उपनाम र उपथर) प्रथा ग्रोङ वा रोङ Grong=Rong बाट गुरुङ(=GURUNG) भइसकेपछि प्रसिद्ध र उच्चवर्गको दर्जा पाएकाले र राज्यसत्ता धारीहरूले तामाङहरुलाई चिनाउँदा बोलाउँदा लामा भोटे भनेर पुकार्ने, गिल्ला गर्ने, तामाङहरूमा पनि धेरै पछिमात्र 'गुरुङ' वा 'लामा' लेख्न थालेका हुन् ।
त्यस्तै 'तमु' सम्बन्धमा पनि तामाङहरुको ग्ले वा राजवंश ग्ले(=घले) का रोचक र इतिहास संगत तथ्यहरू भेटिन्छ।यस्तै तथ्यहरू मध्ये एक हालको लमजुङ पनि तामाङ ग्ले कै जोङ राजधानी वा प्रशासनिक केन्द्र "लामजोङ" रहेका ऐतिहासिक कथन पाइन्छ।सो कथन अनुसार सेमजोङमा दागुर नामको अुअीबा थियो। राजा दाकुरका कान्छा छोरा कुन्दो स्हाङबो ग्लेजा(=कान्छा राजकुमार) ह्यापेङको सल्यानीहरुसंगको छलकपट पूर्ण युद्धबाट (हेर्नुहोस्-तामाङ जातिका मौखिक इतिहासका अवशेषहरू- पृ ६४-६८) हारेपछि आरुघाट तरि लमजुङको पाअीकु(=पैकु)मा पुगे । उनले त्यँही नै आङ्फ्नो राज्य स्थापना गर्न सफल भए । त्यहाँ कुन्दोस्हाङबोलाई 'चाअीम्हीकी र नाअीसीङ ग्ले-घले)को नामले पुकारिन्थ्यो । उनको चार भाई ग्लेजाहरु(=राजकुमारहरू)भए। जेठा तामा ग्रोङ, महिला चामाग्रोङ, साअीला कुलेग्रोङ र कान्छा तुलेग्रोङ थिए । पाअीकुका बासिन्दाले कुन्दो स्हाङबोका चारभाई छोराहरुलाई यीनीहरु तामाङको सन्तान थिए भनेर भन्ने गर्थे।तामाङ थिए भनेर आफ्नो भाषामा "तामाङ मुबा/मुला" भन्ने गरिन्थ्यो त्यही "तामाङ मुबा" व्युत्पत्ति भएर 'तमु' (=तामाङ मुबा) भन्न थाले भनिन्छ । आज त्यहि अनरुप गुरुङहरुमा चार जात पनि पाइन्छ।तत्कालीन भुरेटाकुरे सामन्ती राज्यका ग्ले(=घले) तीनै चारभाइ तामाङ ग्लेजाहरूले(घले=राजाहरूले) राज गरेको थियो भनिन्छ।किनभने पैकुका कयौं गाउँहरुमा आजभोलि पनि तामाङहरुको पुरानो बसोवास पाइन्छ । त्यस क्षेत्रका कयौंले तामाङहरूले पहिले विभिन्न कारणले आफ्नो थर गुरुङ लेखेको भएतापनि आजभोलि गौरवका साथ तामाङ नै भन्न गर्व गर्न थाली सकेको उदाहरण प्रसस्तै पाईन्छ। उदाहरणीय व्यक्तिको रूपमा पूर्व बेलायती गोर्खा सेना तथा नेपाल तामाङ ग्हेदुङका, लमजुङ जिल्लाका केन्द्रीय सदस्य मंगल गुरूङलाई लिन सकिन्छ।पहिले गुरूङ भएका तामाङहरूले अहिले इतिहास र संस्कार संस्कृति, भाषाका आधारमा आफूलाई पून: तामाङमा बदलेको तथ्य हालको गोर्खा, तनहू, लमजुङ जिल्लाहरूमा प्रशस्तै पाइन्छ । केही तामाङहरुले ब्रिटिस र भारतीय सेनामा भर्ना हुन आफ्नो नामको पछाडी गुरुङ लेखेका छन् । नेपाल तामाङ ग्हेदुङले भारतीय रक्षा मन्त्रालय, नेपालको प्रधानमन्त्री लगायत विभिन्न निकायहरुमा अन्जानमा जागिर पाउन गुरुङ लेखे पनि आफ्नो जाति तामाङ भएकोले तामाङनै लेख्न पाउँ भनि पत्राचार गरेर जावाफ प्राप्त गरे पश्चात तामाङ नै लेखेर जागिर पाउने भइसकेका छन्।
यसरी नेपालको सबै भन्दा प्राचीन तामाङ जाति र समाज भित्र तामाङ भन्दा भिन्दै जातिको रूपमा चिनिने आदिवासी जनजातिलाई बुझाउने "गुरूङ" संज्ञा र गुरूङ जातिले आफ्नो भाषामा गर्वका साथ आफूलाई बुझाउन प्रयोग गरि आएको शब्द "तमु" सँगको सम्बन्ध रहेको कथनहरूलाई यहाँ सारमा प्रस्तुत गरेका छु।तर यो सानो अध्ययनको मूल लक्ष्य र उदेश्य आफ्नो छुट्टै अस्तीत्व बोकेका गुरूङ जाति र गुरूङजातिको आत्म गौरव 'तमु' संज्ञाको मनगढन्ते र अपव्याख्या गर्न खोजिएको भने होइन।तसर्थ त्यो रूपमा नलिई दिनहुन समेत सबैमा अनुरोध गर्दछु।
थुजेछे।
अजितमान चोथेन लोप्चन बोमताङ पश्चिम १ नम्बर त्रिसुली
[1] जि.डि.लामा, "तामाङ च्युङनीला ठीमतेन तामछ्योअी" पृ.१०-१२ हेर्नुहोस ।[2] हेर्नुहोस, माअीकल नुनम 'Recent language contact in Nepal-2003'[3] हेर्नुहोस, "तामाङ जातिको मौखिक इतिहासका अवशेषहरू" पृ.४०[4] हेर्नुहोस, "तामाङ जातिको मौखिक इतिहासका अवशेषहरू" पृ.४०
[5]इमान सि चेमजोङ- "किरात इतिहास र संस्कृति"को नेपालीमा अनुवादक शेरबहादुर इङनाम पपो लिम्बू -२०५१)मा पश्चिम नेपालका किरात राजाहरुको उपलब्धि, अध्याय-४ अन्तरगत पाना नं. १३२ र १३३ मा गुरुङ जातिको यसरी दुइ जाति वर्गिकरण गरेर दिएको छ।
..."ल्पिग्यी जातिः-घले बाह्र परिवारमा विभक्त छन् । घण्डे तेत्तीस परिवारमा विभक्त छन् । लामा तेइस परिवारमा र लामिछाने चालीस परिवारमा विभक्त छन् । कुग्यी जाति:-कुग्यी जातिको गुरुङ एकसय परिवारमा विभक्त छन् । रिल्ली, रिल्टेन, जर्र्लेन, सामारी, समुन्देर, कियलदुङ, खाजी र पार्जा वर्ग चाहिं घले जातिमा प्रसिद्ध छन् । तिनीहरुको आङ्खनै बंशावली छ ।
"एदुङ ग्रोङ, चेविरोङ, चोम रोङ, घोल रोङ, होज रोङ, कालि रोङ, केलोन रोङ, कोन ग्रोङ, कुदला रोङ, लो रोङ, माजु रोङ, मेजी रोङ, ल्मुग रोङ, नाजी रोङ, पाच्रो रोङ, पोचकी रोङ, रिजो रोङ, सिनगो रोङ, टाग रोङ, थाकु रोङ, तेन ग्रोङ, वर्ग पनि गुरोङ वा गुरुङ जातिका प्रसिद्ध वर्ग हो ।
पाच्यु लामा, टङगी लामा, पुनजी लामा, कुरुङगी लामा, ध्याप्रीङ लामा पनि गुरुङको लामा वर्गमा प्रसिद्ध छन् । तर ध्यप्रीङ लामा सामान्यतया गुरुङको प्रमुख लामा हो । पच्यु लामा चाहिं घलेहरुको प्रमुख पुरोहित हो । जसले तिब्बते लामा धर्मको अनुसरण गर्दछ लेम र प्लोनेका बंशज जो लामिछाने गुरुङ नामले प्रसिद्ध छन् । ती आदि ।............"
Comments
Post a Comment