ल्होछार वा लोसार परम्पराको संक्षिप्‍त इतिहास

नेपालको ऐतिहासिक सांस्कृतिक राष्ट्रिय चाड ल्होछार

विषय सूचि :
१. ल्होछार वा लोसारको प्रचलन
२. लो वा ल्हो र छार वा सार को अर्थ
२.१. तामाङ भाषामा अर्थ
२.२. गुरुङ भाषामा अर्थ
२.३. तिब्बती, योल्मो, शेर्पा भाषामा अर्थ
३. ल्होछार वा लोसार वा चन्द्र नयाय्.त्र् वर्षको इतिहास
४. चीनिया चन्द्र नयाय्.त्र् वर्ष परम्पराको आरम्भ
५. तामाङ जातिमा ल्होछार परम्परा
६. गुरुङ जातिमा ल्होछार परम्परा
७. तिब्बती ,शेर्पा लोसार परम्परा
८. सोनाम, ग्याल्बो ल्होछार वा लोसार, नामाकरण हुनुको कारणः
९. नयाय्.त्र् वर्ष पर्वहरुलाई राज्यको व्यवहार

प्रकाशकिय
तामाङ जातिको महत्वपूर्ण चाड ल्होछार वा चन्द्र नयाँ वर्ष उत्सव हो। आफ्नो उत्पत्ति भूमिमा वा मूल भूमिमा तामाङजातिको उत्सव आर्थिक, शैक्षिक, राजनैतिक दमन उत्पीडनको कारण आजको अवस्थासम्म आइपुग्दा झण्डै झण्डै हराइसकेको हुनाले ल्होछार उत्सवबारे जान्न बुझ्न प्राय कठिन र दुर्लभ भइसकेको छ। तापनि नेपालको पुरानो तामाङ गाउँहरु मौखिक रुमा रहेको स्थानीय कथन र अवशेषको रुपमा रहेको पुरानो संस्कार र परम्पराहरुको सोधखोज र अन्तराष्ट्रिय रुपमा यसको सम्बन्धका बारेमा तुलनात्मक अध्ययन गरी विगत आढाइसय वर्ष देखिको हिन्दूपरम्पराकृत तामाङसमाज र समुदायलाई आफ्नो मौलिक र बौद्ध परम्पराबारे थोरे भएपनि जानकारी दिलाउने मन्सुवाले श्री अजितमान तामाङ ज्यूले धेरै समय र मेहेनत गरेर तयार गर्नु भएको ल्होछार सम्बन्धि अभिलेखलाई पुस्तकारमा प्रकाशन गरेर प्रस्तुत गरेका छौं। सम्पूर्ण ल्होछार वा लोसार चाड प्रेमी पाठकहरुमा ल्होछारको विषयमा थप सुझाव पठाउनु हुन हामी अअनुरोध गर्दछौं।
कोनडोङडोङ थेत्माको लागि
धर्मराज दोङ तामाङ, याम्बु(काठमाण्डौं
पो.ब.नं १९५५९, सुन्धारा,नेपाल



ल्होछार वा लोसारको प्रचलन:
नेपाल एक बहुजातिय, बहुधार्मिक बहुभाषिक, बहुसांस्कृतक देश हो। यीनै बहु सांस्कृतिहरु मध्य सिंगो हिमाली तथा पहाडि भूभागको आदिवासी जनजाति समुदायको सबै भन्दा ठूलो पर्व या महान चाड ल्होछार वा लोसार हो। तामाङ, ह्योल्मो, शेर्पा, गुरु ङ, मनाङगे, थकाली, दुरा, जिरेल, लोमी, लेप्चा, भुटिया, तोप्केगोला, ओला ङचु ङ, होलु ङ, तिब्बती आदि जातिहरुले बडोधुम धामका साथ यो चाडलाई ल्होछार वा लोसार पर्वको रुपमा मनाईन्छ।
ल्हो वा लो शब्दले नेपालको उत्तरी क्षेत्रो हुम्ली तामाङ, रोकाय, बुढा, झँक्री, तामाङ, ह्योल्मो, शेर्पा, गुरुङ, मनाङगे, थकाली, दुरा, जिरेल, लोमी, भुटिया, तोप्केगोला, ओलाङचुङ, होलुङ, तिब्बती आदि आदिवासी जनजातिहरुको भाषामा सम्वत, सम्वतसर, साल, वर्ष, वा पाँच तत्व(खाम)मा आधारित १२ जीवजन्तुको नामाकरण गरिएको उमेर बुझाउँने अर्थमा बुझाउँछ। यहि वर्ष, साल, सम्बत, उमेर फेरिने वा बदल्ने दिनको उत्सव, पर्व वा चाडलाई नै ल्होछार वा लोसार भनिन्छ।
नयाँवर्ष लाई उत्सव वा चाड मनाउने परम्परा धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपमा संसार भरी नै पाईन्छ। विशेष गरेर ल्होछार वा लोसार चाड नेपालको सम्पूर्ण हिमाली तथा पहाडी प्रदेश, चीन लगायत स्वशासित प्रदेश तिब्बत, मंगोलिया, सिंगापुर, मलेशिया, कोरिया, जापान, लावस, भियतनाम, कम्वोडिया, थाइल्याण्ड, बर्मा, भूटान लगायत भारतको लदाख, दार्जिलि ङ, सिक्किम,अरुणाचल प्रदेश, हिमालचल आदिस्थानमा मंगोलमूलकाहरुले महत्वका साथ मनाउने गरेको पाईन्छ। यो उत्सव मुख्यतया परम्परागत चन्द्रपात्रो Lunar calendar तथा पाश्चात्य ग्रेगोरियन भारतिय कालाचक्र तथा शिव तन्त्र पात्रोमा आधारित भएको पाईन्छ। चन्द्रपात्रोमा विश्वास राख्‍नेहरुले विश्‍व भरी नै चन्द्र नयाँवर्ष Lunar new year चन्द्रवर्षको पहिलो महिनाको, पहिलो दिन चन्द्रनयाँ वर्ष (First day of first lunar month as new year) हुने दिन ल्होछार वा लोसार मनाइन्छ। तर अपवादको रुपमा नेपालमा गुरुङ जातिले भने यहि उत्सव सूर्य पात्रोको सौरमास पौषादी १५ गतेका दिनलाई ल्होछार मानिआएको छ।
१. ल्हो वा लो र छार वा सारको अर्थः
ल्होछार वा लोसार बारे हामीले प्रशस्तै छलफल गर्नु अघि त्यसको शाब्दिक अर्थ जान्नु आवश्यक छ।
तसर्थ त्यसबारे प्रचलनमा पाईएका अर्थलाई यहाँ प्रस्तुत गरिएको छ। ल्होछार वा लोसार पहाडी तथा हिमाली आदिवासी जनजातिहरु र चिनिया मूलकाहरुले मनाइने चन्द्र नयाँवर्ष उत्सव वा पाँच तत्वहरुमा आधारित वर्ष चक्रको वर्ष फेरिने प्रकृयालाई बुझाउन प्रयोग भैराखेका पदावलीहरु हुन्।
यो पर्वलाई आत्मसाथ गर्ने जातिहरु मध्य सबैभन्दा ठूलो जनसंख्या रहेको तामाङ र त्यसपछिको गुरुङ आदिवासी जनजातिको भाषामा नयाँवर्ष उत्सव आरम्भ वा नयाँवर्ष भन्ने बुझाउन ल्होछार पदावलीको प्रयोग भएको पाइन्छ। त्यस्तै तिब्बतीहरुसंग बढि निकट मानिने तामाङ तथा गुरूङ जातिको तुलनामा अल्पसंख्यामा रहेका जातिहरु शेर्पा, ह्योल्मो, मनाङगे, लोप्केगोला, सिङसा, लोमी, होलुङ आदिको भाषामा लोसार पदावलीले नयाँवर्ष भन्ने बुझाउँछ । यहाँ तिब्बती भाषालाई मूलभाषा मान्दा लोसार तत्सम शब्द मानेमा अर्थात बोद वा तिब्बती भाषाबाट जस्ताको त्यस्तै आएको छ। तर तामाङ, गुरुङ तथा थकालीको भाषा तद्भव भएर ल्होछार मौलिक शब्दको रचना भएको पाईन्छ। हालसम्म विभिन्न भाषाहरुमा प्रचलन रहेको लिखित तथ्यहरुको आधारमा ल्होछार वा लोसारको अर्थ निम्न अनुसार रहेको पाईन्छ।
१.१. तामाङ भाषामा अर्थ:
तामाङ जातिको तामाङभाषामा वर्ष फेरिनुलाई ल्होछार भनिन्छ। यहाँ ल्हो शब्दको शाब्दिक अर्थ परम्परागत रुपमा प्रचलनमा रहेको चिनिया चन्द्र नयाँवर्षसंग मेल खाने पाँच तत्वहरुको संयोजन रहेको विभिन्न १२ वटा जीवजन्तुहरुको नाममा नामाकरण गरिएको वर्षचक्र (ल्होखोर्लो)लाई बुझाउँछ। यसलाई तामाङभाषामा ल्होखोर्लो वा ल्हेखोर वा ल्होकोर(वर्षचक्र) भनिन्छ। यहि ल्होकोरको एउटा ल्हो छोडेर अर्को फेर्नु या बदलिनु या नयाँ आरम्भ हुने दिनलाई ल्होछार भनिन्छ।
तामाङ भाषामा ल्हो शब्दले वर्ष, साल, सम्बत, सम्बतसर उमेर, र छार शब्दले नयाँ भन्ने बुझाउँछ अर्थात् ल्हो र छार (वर्ष र नयाँ) दुई भिन्दाभिन्दै शब्दहरु मिलेर ल्होछार नयाँवर्ष बुझाउँने शब्दावली बनेको छ।
तामा ङभाषामा अन्य शब्दावलीहरुले पनि क्रमशः ल्हो ले वर्ष र दोबा ले फर्कनु, त्यस्तै ल्हो वर्ष र पोबा फेरिनु र दी ङ ले साल, सम्वत् र वर्ष छारदी ङ ले नयाँसाल वा नयाँसम्वत भन्ने बुझाउँछ। यस प्रकार तामाङभाषामा नयाँवर्ष ल्होछारलाई ल्होदोबा एवं ल्होपोबा र छारदी ङ पनि भनिन्छ।
१.२. गुरूङभाषामा अर्थ :
गुरूङ विद्धान जगमान गुरूङको सम्पादकत्वमा २०४८ सालमा ल्होछारको शुभकामना बाँदर बर्षको ल्होफल (२०४८।९।१५/२०४९।९।१४), नामक पुस्तीका गुरूङ ल्होछार गुरूङ ज्योतिषशास्त्र भनेर प्रकाशन भएको थियो।
उक्त पुस्तीका र गुरूङ लेखक डिल्लीजङ गुरूङको गुरूङ शब्दकोष अनुसार गुरूङ भाषामा पनि ल्हो ले वर्ष वा (१२ जीवजन्तुमा आधारित वर्ष वा वर्ग) लाई र छार ले नयाँ नै बुझाउँदछ। अर्थात् गुरूङ भाषामा पनि नयाँ वर्षलाई ल्होछार नै भनिन्छ ज्ञ।
ल्होछारको अवसरका प्रकाशित हाम्रो रोधि वर्ष १ अंक १मा नेत्र तमुको तमु ल्होसारको नालीबेली शिर्षकको लेखमा ल्होत्वोवा शब्द
(ल्होंत्वोवा) मिलेर बनेको शब्द हो। ल्हो को अर्थ वर्ग र त्वोवा को अर्थ फर्कनु हुन्छ। भनेर गुरूङ भाषामा अर्थ्याएको छ। त्यस्तै डिल्लीजङ गुरूङकै अनुसार सूर्य पृथ्वीको किनारसम्म पुग्नुलाई ङीखोर होंव भन्दछन् र सूर्य उत्तर दिशातर्फ फर्केको दिनलाई ङीएब अथवा ल्हो तोबा भनिन्छ। यहाँ ल्हो तोबा भनेको वर्ष फर्कनु हो। तसर्थ गुरूङ भाषामा ल्होछार ले ल्होतोबा, ङीएबा, नयाँवर्ष भन्ने बुझाएको पाईन्छ।
१.३ तिब्बती, शेर्पा तथा अन्य जातिहरुको भाषामा लोसारको अर्थ :
तिब्बतीहरु नयाँवर्षलाई लोसार भन्दछन्। यहाँ पनि लो ले सम्वत, सम्वतसर, साल, वर्ष, उमेर तथा १२ वटा जीवजन्तुहरु भएको वर्ष चक्रलाई पनि बुझाउँछ। नेपालको शेर्पा, ह्योल्मो, सी ङसा, तोप्केगोला, डोल्पाली, होलु ङ आदि यी सवैजातिहरुको भाषामा पनि तिब्बती भाषाको लोसार शब्दावली नै नयाँवर्ष बुझाउन प्रयोग भएको पाईन्छ।
तिब्बती भाषामा या ह्योल्मो, शेर्पा, सि ङसा, लोमी, होलु ङ आदि जातिको भाषामा लो शब्द ले वर्ष, र सार ले नयाँ अथवा नवीन भन्ने, बुझाउँछ। लो र सार (वर्ष र नयाँ) दुईशब्द मिलेर लोसार अर्थात् नयाँ वर्ष शब्द बनेको छ र। यहाँ लोसारको अर्थ राब्ज्युङ लो कोर १२ जीव तथा पन्छीहरु र पाँच तत्वहरु(खामहरु) कृयात्मक सम्बन्ध रहेको वर्षचक्रको लो(वर्ष) फेरिनु तथा तिब्बती राजाको सम्बत् या तिब्बती साल ग्येल्बु लो (यो वर्ष ग्येल्बु लो २१२९ सौं हो।)फेरिने दिनलाई बुझाउँदछ। यो तिब्बती राजकिय सम्वत् ग्याल्बो लो फेरिने र जनताको लो फेर्ने दिन एकै दिनलाई मान्दछ।
२. ल्होछार वा लोसार वा चन्द्र नया वर्ष परम्परा
ल्होछार वा लोसार परम्परा खगोलशास्त्र अनुसार सूर्य र चन्द्रमाको गतिसंग सम्बन्धित नभएर बाह्र जीवजन्तुहरुको नाम र तिनमा प्रभाव पार्ने पाँच भौतिक तत्वहरुको आधारमा सृजित राब्ज्यु ङ ल्होखोर (६० वर्षे वर्षचक्र) चन्द्रपात्रोमा आधारित विश्वको सबैभन्दा पुरानो परम्परा मानिन्छ। यसको आजभन्दा ४७०० वर्ष अगाडी सुरु भएको तथ्य चिनिया खगोलशस्त्रको ईतिहासमा पाईन्छ। यो खगोलशास्त्र तथा ज्योतिषशास्त्र एवं पश्चिमी प्रसिद्ध ग्रेगोरिएन पात्रो र बौद्धदर्शनमा आधारित कालाचक्र पात्रो अथवा सौर्य पात्रोसंग तथा चन्द्र, सूर्य तथा ग्रह नक्षेत्र आदिमा आधारित वैज्ञानिक खगोलशास्त्रको प्रयोग तथा व्याख्यासंग पनि सम्बन्ध रहेको हुन्छ।
यो परम्परा अनुसार चन्द्रवर्षको वर्षहरु, पाँच तत्वहरुमा आधारित भिन्दा भिन्दै १२ जीवजन्तु र पन्छीहरुको नामबाट वर्षहरुको नामाकरण गरिएको हुन्छ र यो वर्षचक्र परम्परामा एक वर्षलाई १२ चन्द्र महिनाहरुमा विभाजन गरिएको हुन्छ। अधिकमास भएको बेला भने १३ वटा महिना हुन्छ।
सामान्यतया एक चन्द्रमास(चन्द्र महिना)लाई दुई भागमा, औंसीको भोलिपल्ट परेवादेखि पूर्णिमासम्म र पूर्णीमाको भोलिपल्ट परेवादेखि औंसीको दिनसम्म विभाजन गरिएको हुन्छ। जसलाई नेपालीमा शुक्लपक्ष(प्रतिपदा परेवा देखि पूर्णिमासम्म) र कृष्णपक्ष(पूर्णीमा देखि औंसीसम्म) भनिन्छ। यो अवधि अर्थात् एक चन्द्र महिनामा २९.५ दिनको हुन्छ। सौर्यपात्रोमा ३६५ दिनको एक वर्ष हुने भएकाले चन्द्रवर्षमा ३५४ दिनको एक वर्ष हुन्छ जसलेगर्दा सूर्य तथा चन्द्र पात्रोको विचमा मिलाउन चन्द्रवर्षको प्रत्येक अढाइ या तिन वर्षमा एक पटक अधिकमास (lunar Leap month) जोडिन्छ। यसरी अधिकमास (lunar Leap month) जोडिएर हुने वर्षलाई चन्द्र मलमास वर्ष (Lunar leap Year) भनिन्छ।
चन्द्र महिनाहरुको नाम पनि आफ्नै मातृभाषामा रहेको पाईन्छ। जस्तैः महिनालाई बुझाउन तामाङभाषामा लानी(लाङी) चन्द्रमा को अर्थबाट नै महिना भन्ने पदावली बनेको पाइन्छ तसर्थ तामाङभाषामा ला ले महिना बुझाउँछ, त्यस्तै चिनिया भाषामा पनि चन्द्रमालाई युये भनिन्छ महिना बुझाउन युये पदावलीलाई प्रयोग गरेको छ,, त्यस्तै तिब्बती भाषामा दावा चन्द्रमा कै अर्थमा महिना बुझाउन दावा अर्थात दा पदावलीको प्रयोग गरिएको छ। त्यसकारण पश्चिमी ग्रेगोरिएन पात्रो र चीनमा प्रचलित पौराणिक स्हिया साम्राज्यकालको पात्रो परम्परा अनुसार चिनिया पहिलो चन्द्र महिना वा नेपालमा तामाङपहिलो चन्द्र महिना ख्रेला नयाँचन्द्रमा उदाउने दिन माघशुक्लपक्ष प्रतिपदा देखिआरम्भ हुन्छ। त्यस्तै तिब्बतीहरुले होर दावा दाङबो या बोअ‍ी दावा दाङबो भनेको अर्थ पनि प्रथम चन्द्र महिना नै भनेको हो। यहि परम्परा नेपालमा मात्र नभएर चिनिया मुलका सम्पूर्ण देशहरु मंगोलिया, हङकङ, लाओस, भियतनाम, कम्पोचिया, मलेसिया, सिंगापुर, जापान, कोरिया, बर्मा, भुटान, सिक्किम आदि मुलुकहरुमा यद्यपी प्रचलनमा छ। यसको अलावा इरान, पर्सिया, महाराष्ट्र(भारत) आदि मुलुकहरुमा पनि चन्द्रमासमा आधारित नयाँवर्ष उत्सव मनाउने प्रचलन अझै पाईन्छ।
यसबाट पनि ल्होछार वा लोसार भनेको नै चन्द्रमामास(महिनामा) आधारित र पाँच तत्वहरु सम्मिलित जीवजन्तु र पन्छीहरु वर्षे पिच्छे भोगगर्ने वा फेर्ने वर्ष परम्पराको नयाँवर्ष भन्ने सिधै बुझ्न सकिन्छ। चन्द्रवर्षको पहिलो चन्द्र महिनाको, पहलो दिन नै चन्द्रवर्षको नयाँवर्ष आरम्भ वा ल्होछार (लोसार) हो। चिनिया खगोलशस्त्रमा यस परम्परालाई चन्द्र नयाँ वर्ष परम्परा Lunar new year नै भनेको पाईन्छ।
तसर्थ १२ वटा जीवजन्तु र पाँच तत्वको अधारमा सृजना भइराखेको वर्ष फेर्दाको उत्सव नै हिमालय तथा पहाडी क्षेत्रका तामाङ, गुरूङ, शेर्पा, थकाली, मनाङगे, ल्होमी, दुरा, जिरेल, होलुङ, लेप्चा, भुटिया, तिब्बती, भुटानी, लादाखी आदि समुदायले मनाउने नयाँवर्ष उत्सव ल्होछार वा लोसार हो । नेपाल र भारतमा प्रचलित चन्द्रमास अनुसार यो दिन माघ शुक्लपक्ष प्रतिपदा परेवा तिथिका दिनदेखि चन्द्र नयाँवर्ष उत्सव मनाउने गर्दछ।
२.१. चीनमा ल्होछार वा चिनिया चन्द्र नयाय्.त्र्वर्षको इतिहास :
ल्होछार वा लोसार चाड विभिन्न बाह्र जीवजन्तुहरुको नाममा बाह्र बर्षलाई पाँच भौतिक तत्वहरुको आधार सृजना भइराखेको बर्षचक्र परम्परामा आधारित वर्ष, महिना, दिन गणना गर्न सकिने पौराणिक ज्योतिषशास्त्र संग सम्बन्ध रहेको परम्परा हो। यो परम्परा चिनिया चन्द्रपात्रोको परम्परा जति पुरानो छ त्यतिनै पुरानो र ऐतिहासिक भएको तथ्य भेटिएको छ।
विश्वभर प्रचलनमा रहेको चन्द्र नयाँवर्ष अर्थात् चन्द्रमास को आधारमा वर्ष परिर्वतन हुने यो ल्हो परम्परा पश्चिमी ग्रेगोरियन र बौद्धदर्शनमा आधारित कालाचक्र पात्रो वा सौर्य पात्रोसंग मेल खान्छ। साल, सम्बत्, सम्वत्सर, बर्ष, महिना, दिन, रात फेरिने कुरो आधुनिक वैज्ञानिक भाषामा भन्नु पर्दा खगोलशास्त्र र ज्योतिष विज्ञानसंग पनि गाँसिएको हुन्छ। त्यसैले चन्द्र नयाँवर्ष अनुसार वर्ष (ल्हो वा लो) फेरिने परम्पराको आफ्नै छुट्टै मुल्य, मान्यता, ईतिहास र परम्परा रहि आएको छ। यहि परम्परा नै विश्वभर चन्द्र नयाँवर्ष पर्वको रुपमा मनाईन्छ। चीनमा चन्द्र नवबर्ष एव ऋतुं परिर्वतन् उत्सव(सुर्य दक्षिणबाट उत्तरी धू्रवतर्फ लाग्ने समय एकै दिन मनाइन्छ।
पानी पुरुष घोडा वर्ष पछिको चिनिया चन्द्रवर्ष ४७०० औं काठ स्त्री बाँदर वर्ष हो। चिनिया प्राचिन स्हीया साम्राज्य र बादशाहहरुले प्रचलनमा ल्याएको स्हीया पात्रो परम्परा अनुसार पनि चिनिया चन्द्रवर्षको प्रथम चन्द्रमहिनाको प्रथम दिनलाई नयाँवर्ष आरम्भ उत्सव मनाइने कुरा उल्लेख छ।द्द यो परम्परा ई.पू.२१०० १६००मा प्रारम्भ भएको कुरा चिनिया चन्द्र नयाँवर्ष परम्पराको ईतिहासमा उल्लेख गरेको पाईन्छ र हजारौं वर्ष देखि हालसम्म निरन्तर चलिआएको छ, यहि समयदेखि चिनियाहरु स्प्रीङ् फेष्टीभल मान्दछन । यस दिनलाई उनीहरु युआन दिन पनि भन्दछन्। यसको अर्थ नवीन आरम्भ हो। चिनियाहरु आफ्नो महिनालाई युअ‍े भन्दछन, यसको अर्थ चन्द्रमा हो। चिनिया चन्द्रवर्ष चक्रमा एउटा पूर्ण वर्षचक्र ६० वर्षमा पुरा हुन्छ। यो वर्षचक्र १२ वटा विभिन्न जीवजन्तुहरुले भोग गरेको हुन्छ। यी जीवजन्तुहरु पौराणिक चिनिया संकेतअनुसार क्रमशः मुसा, गोरु, बाघ, खरायो, ड्रइगन, सर्प, घोडा, भेँडा, बाँदर, पन्छी, कुकुर, बँदेल रहेका छन्। यी नै जीवजन्तुहरु चिनिया पाँच भौतिक तत्वहरु(खामहरु) क्रमशः काठ, आगो, धातु, पानी, र माटो संग मिलेर ६० वर्ष चक्र पूर्ण हुन्छ। यी पाँच भौतिक तत्वहरुको प्रभाव भिन्दाभिन्दै हुन्छ। त्यसैले यस्तो विभिन्न तत्वहरूका आधारमा वर्ष गनना गर्ने पद्दतिलाई नै तत्वीय खगोल तथा ज्योतिष विज्ञान भनिन्छ ।
यी पाँच तत्वहरुको पनि प्रत्येकको यीङ र याङ अर्थात् याब युम (पुरुष र स्त्री) हुन्छ। चिनियाहरुको मतअनुसार काठ तत्वले सृजनशील र कल्पना गर्नसक्ने, आगो तत्वले परम्परावादी शक्तिवान, लालची, बढि उत्सुकतावादी, धातु तत्वले बाध्यात्मक, पानी तत्वले चेतक, चेतनामुखी र माटो तत्वले स्थायी, दृढसंकल्पी व्यक्तित्वको रुपमा विश्वास गर्दछन्। खाम वाहेक चिनिया ज्योतिषशास्त्रमा आठवटा पार्खहरुले पनि महत्व राख्दछ्।
त्यसैगरी नेपाल तामाङघेदु ङ, सिक्किम तामाङबौद्ध संघ, अखिल भारतिय तामाङबौद्ध संघहरुले बर्षेनी मनाउँदै आईरहेको ल्होछार वा ल्होसारको तिथि र मिति पनि यहि नै दिनमा पर्छ।
ल्होकोर च्युअ‍ीङीको नाम कसरी रह्यो?
ल्होकोर च्युअ‍ीङी अर्थात १२ वटा वर्षहरुको नामाकरण कसरी हुन गयो भन्ने सम्बन्धमा यो परम्पराको सबैभन्दा पुरानो परम्परा भएको चीनियाहरु पनि स्पष्ट देखिन्दैन र पनि पनि उनीहरुमा विभिन्न कथनहरु पाइन्छ तर अरु समुदायमा हालसम्म कुनै प्रकारको कथनहरु सुन्नमा आएको छैन तर चीनियाहरुमा भने दुई प्रकारको मतहरु पाइएको छ। तर चीनमा प्रचलित १२ वर्षको नामसंग चीनियाहरुको जत्तिको पूर्णरुपमा खगोल र ज्योतीष शास्त्रसंग ठ्याक्कै मेल खाने ल्होकोर परम्परा नभएका तर अवशेषमात्र रहेका नेपालका केहि समुदाय र भियतनामीहरुमा १२ वर्षलाई प्रतिनिधित्व गर्ने जीव जन्तुहरुको नाम क्रममा एक दुइवटा भिन्न छ।
(क) संसारको सम्पूर्ण प्राणीहरुलाई भगवान बुद्धले परिनिर्माण हुनु पूर्व भेला हुन निम्त्याउनु भएको थियो। निम्तो मान्न भेला भएका प्राणीहरु मध्य १२ प्राणीहरुलाई डाकेर उनीहरुलाई भगवान बुद्ध सामु सबैभन्दा पहिले आइपुग्नेको नामबाट क्रमशः एक एकलाई एउटा वर्ष गरी नामाकरण गर्नु भएको थियो।
(ख) जाड बादशाहले एक पटक सबै भन्दा छिटो कुन प्राणी रहेछ भन्ने थाहा पाउन एउटा प्रतियोगिताको आयोजना गरेको थियो। बादशाहले तोकिएको नदी पार गर्ने(तर्न सक्ने) प्रथम १२ प्राणीहरुलाई धरतीको १२ हाँगाको रुपमा चन्द्र पात्रोको वर्ष चक्रमा समावेश गर्ने निधो गरेका थिए। यो प्रतियोगितामा गोरुले पौडन कमजोर विरालो तथा मुसालाई आफ्नो ढाडमा(आ ङमा) बोकेर खोला तारी प्रतियोगितामा सहयोग गर्ने वाचा गरेका थिए। नदी विचमा पुगे पछि मुसाले विरालोलाई धकेली दिए र आफू भने गोरुको कान भित्र बसेका थिए। जब खोला तरीसके पछि आफ्नो ढाडमा रहेको मित्रहरुलाई ओराल्न लाग्दा मुसा फुत्त उफ्रेर पहिला भए र विरोलोले प्रथम हुने १२ प्राणीहरुमा पर्ने मोका गुमायो। मुसा पहिला भएकाले वर्ष चक्रमा पहिलोमा, दोश्रोमा गोरु परे। भन्ने उल्लेख गरिएको छ।द्ध
(ग) ल्हो खोर्लोमा चिनिया परम्रामा वाहेक भियतनाम, नेपालमा तामाङर गुरूङहरुमा खरायो वर्षलाई विरालो वर्षको रुपमा पनि गणना गर्ने चलनछ। तर सरकारी स्तरमा नै सयौं वर्ष देखि प्रचलनमा रहेको मुख्य भूमि चीन र स्वशासित क्षेत्र तिब्बतमा भने १२ वर्षलाई प्रतिनिधीत्व गर्ने जीव जन्तुको नाममा खासै भिन्नता छैन।
२.२. तामाङजातिमा ल्होछार परम्परा
चन्द्र वर्षको पहिलो चन्द्र महिनालाई तामाङभाषामा खे्रला भनिन्छ। चन्द्र महिनाको पहिलो दिन नै तामा ङहरुको वर्षारम्भको दिन हो।
१२ औं चन्द्रमहिना तापाला दोप्पा सकेर खे्रला छेपा गी नयाँ चन्द्रमा उदाउने दिन (New moon Day) बाट ल्हो (वर्ष) फेर्दछ। यो महिना सौर्य पात्रोअनुसार पुस-माघ महिनामा पर्दछ अर्थात् ठ्याक्कै भन्नुपर्दा माघ शुक्लपक्ष प्रतिपदा परेवाको दिन पर्दछ। यहि दिनदेखि चीनमा पनि चिनिया चन्द्र वर्षको चन्द्र महिनाको पहिलो दिन अर्थात चिनिया चन्द्र नयाँवर्ष आरम्भ हुन्छ। यो विश्वभर प्रचलित पाँच तत्वहरुको संयोजन रहेको १२ वटा जीवजन्तु र पन्छीहरुको नाममा आधारित ल्होखोर्लो (वर्षचक्र) परम्परा जो चन्द्रपात्रो परम्परामा आधारित छ।
तामाङहरुले सदियौं देखि नै यहि ल्होखोर्लो वर्षचक्रको आधारमा नै आफ्नो उमेरको गन्ति गर्ने, कति वर्षको भयो? भनेर गणना गरी आएको थियो। तामाङहरुको वर्तमान भूगोलमा आफ्नो राज्यसत्ता नरहे पछि झण्डै अढाई सय वर्षदेखि यो परम्परा कथ्यमामात्र सिमित हुँदै गए र तामा ङहरुले आज २१औं शताब्दीसम्म आइपुग्दा आफ्नो लिखित ज्योतिषशास्त्र र पात्रोको अभावमा, यो एतिहासिक वर्ष चक्रपरम्परालाई नेपाली माघ महिनातिर फेर्दछ भन्ने संम्झनालाई लगातार सन १९९० को दशकसम्म आइपुग्ने गरी मौखिक र कथ्य रुपमा भएपनि सांचेर राख्नसफल भए। तर आज समयले कोल्टे फेरिसकेको छ। माघमा ल्हो फेर्छ भन्ने पुरोनो मान्यता र त्यो कथ्य सम्झनाहरु अब तथ्यमा र बैज्ञानिक रुपमा पुष्टि भइसकेको छ। किनभने तामा ङहरुको माघमा ल्हो फेर्छ भन्ने त्यो मान्यतासंग चिनिया ज्योतिष तथा चन्द्रपात्रो परम्पराको वर्ष फेर्नेदिन ठ्याक्कै मेल खान्छ।
चिनिया ज्योतिषशास्त्र र परम्परागत चन्द्र वर्षचक्र प्रणालीको प्रथम चन्द्र महिनाको प्रथम दिन वा वर्ष फरिने दिनले नेपालीमाघ महिनासंग सरोकार राख्दछ अर्थात चन्द्र नयाँवर्षको पहिलो महिनाको पहिलो दिन जसलाई ज्योतिषशास्त्र वा खगोलशास्त्रको भाषामा माघ शुक्लपक्ष प्रतिपदा परेवा वा तामाङभाषामा खे्रलाछेपा गी भनिन्छ।
भारतीय सूर्य पात्रोमा माघ महिना दसौं सूर्य महिना हो र माघ शुक्लपक्ष प्रतिपदा परेवाबाट सुरु हुने दिन वा महिना चन्द्र महिना हो। तसर्थ तामा ङहरुले माघमा ल्हो फेर्छ भन्ने मान्यता सत्य हो। माघशुक्लपक्ष प्रतिपदाबाट शुरु हुने चन्द्र महिना अर्थात् ख्रेला एसियाली तथा चिनिया चन्द्र वर्ष परम्पराको पहिलो चन्द्र महिना हो।
तामाङभाषामा छेपा को अर्थ महिना वा तिथि ९म्ब्त्भ्०आरम्भ या प्रारम्भ वा सुरुवात हो र गी को अर्थ प्रथम वा पहिलो वा गन्तिको आरम्भ हो। त्यसरी नै चन्द्र महिनाको अन्तिम दिन औसी हो जसलाई तामाङभाषामा दोप्पा भनिन्छ। दोप्पा को अर्थ निस्पट अँधेरो वा ला ङी दोबा चन्द्रमा फर्कनु हुन्छ अर्थात् कालो या नराम्रो दिनहरु सकेर राम्रो या जुनेली दिनहरुको शुरुवात ९ल्भध : ययल म्बथ यच क्तबचतष्लन या ल्भध : यलतज० हो।
यो वर्ष प्रणालीमा बर्षहरुलाई वर्षचक्र(ल्होखोर्लो)मा १२ जीवजन्तुहरुको नामबाट पुकारिन्छ। जसको तामाङनामाकरण क्रमशः १) मुसा ( ङ्याम् ङ्यु-नाम्यु ङ), (२) गोरु (ग्लाप), (३) बाघ (च्यान), (४) खरायो, विरालो(खरा, तावर), (५) गरुड(मु-पुख्री), (६) सर्प(सा-पुख्री), (७) घोडा(ताबु, ता), (८) भेँडा(ग्यु), (९) बाँदर(माकार, तीम्ङ्यु), (१०) पन्छी (नामे, ङ्याम्ङ्या), (११) कुकुर (नाकी), (१२) बँदेल (डोवा, तीली) रहेको हुन्छ। यसलाई १२ वर्षचक्र ल्होकोर च्युनी वा ल्होखोर च्युअ‍ी ङी भनिन्छ। यो ल्होकोर च्यु ङी संग अगाढ सम्बन्ध राख्ने पाँच तत्वहरु अर्थात् खाम ङा तामाङभाषामा (क) सीङ wood, (ख) मे fire , (ग) सा earth, (घ) फाअ‍ी Metal र क्युअ‍ी water हुन यी खामहरुको पनि दुई प्रभाव याब र युम पुरुष र स्त्री हुन्छ यो पाँच खाम चक्रले एउटा १२ वर्ष चक्र पुरा गर्दा ६० वर्ष, एक राब्ज्युङ ल्होकोर अर्थात् बृहस्पति वर्षचक्र(Jupiter Year cycle) पूरा हुन्छ यसैलाई एक सम्वत्सर भनिन्छ।
तामाङभाषामा चन्द्रमालाई लानी या ला ङी भनिन्छ। चन्द्रमा लानी बाटै तामाङभाषामा महिना लाई ला भनिएको हो । वर्षहरुको जस्तै १२ चन्द्र महिनाहरुको तामाङभाषामा नाम यसप्रकार छ। १२ चन्द्र महिनाहरुको नाम क्रमशः तामाङभाषामा पहिलो चन्द्र महिनाबाट (१) खे्रला (पुस-माघ), (२) बेनेला (माघ-फाल्गुन), (३) नाम्दु ङला (फाल्गुन-चैत्र), (४) दुगुला (चैत्र-वैशाख), (५) डोवाफ्रेला (वैशाख-जेठ), (६) ब्याल्बोला (जेठ-असार), (७) गोनेला (असार-साउन), (८) यान्देला (साउन-भदौ), (९) म्हेनी ङला (भदौ-असोज), (१०) सोकरातीला (असोज-कात्तिक), (११) बोअ‍ीतापाला (कात्तिक-मंसिर), (१२) तापाला (मंसिर-पुस) हुन। त्यसैले तामाङहरुको प्रचलनमा रहेको ल्होखोर्लो लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐतिहासिक खगोलशास्त्रीय तथा ज्योतिषशास्त्रीय मान्यताका आधारहरुसंग तुलना गरेर हेर्ने हो भने सौर्य पात्रोको आधारमा सृजना भएको माघे संक्रन्ति (दशौं सूर्य महिना माघ १ गते) हाम्रो ल्हो फेर्ने दिन होइन।
तामाङहरु ल्होछार पर्वमाः
ल्होछार पर्व अन्तर्राष्ट्रियय रुपमा माघ शुक्लपक्ष प्रतिपदा(चन्द्रमाघ महिना) को पहिलो दिन परेपनि मनाउने तरिका देशै पिच्छे र समुदायको संस्कृतिक परम्परा अनुसार भिन्न भिन्न पाइन्छ। यस्तो भिन्नता भूगोल, वस्तु उत्पादन र उपलब्धता, त्यो देशको बजारव्यवस्था र अर्थतन्त्र तथा संस्कृतिक नीतिका कारणले पनि भएका छन्। तापनि ल्होछार मान्ने पद्धतिलाई समग्रमा तीन भागमा बाँडेर अध्ययन गर्न सकिन्छ। साँस्कृतिक चाड ल्होछारलाई नेपालको नेपाल तामाङघेदु ङ, भारतका अखिल भारतिय तामाङबौद्ध संघ र सिक्किम तामाङबौद्ध संघले प्रथम चन्द्र महिनाको प्रथम दिन खे्रला छेपा गी(परेवा) देखि पन्चमी(श्रीपंचमी)का दिनसम्म बडोधुमधामले मनाउने निर्णय गरेको कुरा उपराक्त तामाङसंघहरुले ल्होछार सम्न्धमा प्रकाशन गरेको अपिलहरुमा उल्लेख छ। जसअनुसार नेपाल तामाङ ग्हेदुङले पानी पुरुष घोडा वर्षमा प्रकाशन गरेको पर्चामा निम्नानुसार ल्होछार मनाउने तरीकाको उल्लेख गरिएको छ।
ती हुन् पूर्व तयारी ल्होछारको पूर्वसन्ध्या र ल्होछारको दिन
(१) ल्होछारको पूर्व तयारी
सामान्यतया ल्होछार आउनुभन्दा एक महिना अगावै ल्होछारको तयारी शुरुवात हुन्छ। नयाँ वर्ष लाग्नुभन्दा पहिले नसकिएका कामहरु सम्पन्न गर्ने, अप्रीय घटनाहरु नदोहोरिउन् भनी कर्मकाण्ड गर्ने तथा नयाँ वर्षलाई स्वागत गर्ने तयारी गर्दछन्। तसर्थ पुरानो वर्षको १२औं महिनाको अन्तिम दिनहरुमा गाउँ टोल, बाटोघाटो, आँगन, चौतारा, पानी पधेंरो, गोठ आदि मर्मत, सफासुग्घर र लिपपोत गर्दछन्। खानापिनाका लागि आवश्यक सामाग्रीहरु सामल, अन्नपात आलु, भ्याकुर, तरुल आदि फलफूलहरु, कन्दमूल र पूजाका सामग्रीहरु तयार गर्दछन्। अन्तिम दिनमा, हरेक परिवारले ल्होछारको दिन कुलदेवताको थान वा देवीदेवताको थानमा आगामी वर्ष राम्रो खेती वालिनाली होस् भनी प्रार्थना गर्नका लागि बीउवीजन पानीमा भिजाई टुसा आउने पार्दछन्।
(२) ल्होछारको पूर्व सन्ध्या
पुरानो वर्षको अन्तिम दिन मानिसहरु बत्ति बाल्नु तथा चढाउनुका लागि गुम्बाहरुमा जान्छन् र दिउसो संचालन हुने उत्सवहरुमा भाग लिन्छन्। धेरै कर्मकाण्डहरु खराब वा मार वा अकुशल प्रेतात्मा वा अपसकुन हटाउनुका लागि गर्दछन्। लामाहरुले मारमाथि सत्यको विजय देखाउने खालका मकुण्डो नाच देखाउने गर्दछन्। हरेक व्यक्तिले ल्होछारको पूर्वसन्ध्यालाई पुरानोवर्षबाट बाधा विरोध दिने, चिताएको कुरा पूरा हुन नदिने, रोगव्याधी आदि खराव वा मारलाई दमन गर्ने र त्यस खराब मारबाट नयाँ वर्षलाई मुक्त गर्ने अवसरका रुपमा हेर्दछन्। सामान्यतयाः ल्होछारको पूर्व सन्ध्यामा निम्न कार्यहरु गर्दछन्।
(क) आ-आफ्नो थर, कुल र वंशको परम्पराअनुसार कुलपूजा गर्ने र परिवारमा सुखशान्ति, समृद्धि र स्वास्थ्य लाभको लागि पितृहरुबाट आशिर्वाद तथा शक्ति माग्ने।
(ख) फिर्ने ल्होको मानिस भएमा उसको ग्रह चल्छ भन्ने मानिन्छ। त्यसैले ल्हो खोर्लो बनाएर ग्रहदशा फाल्ने।
(ग) आगामी वर्षमा अन्नबाली राम्रो होस् भनी डालोमा बीउविजन राख्ने तथा टुसा आएको वीउविजन राखी पूजा पाठ गर्ने।
(घ) परिवारका सबै सदस्यहरु भेलाभई भोज खाने, आतासवाजी गर्ने, मनोरञ्जनात्मक नाचगान तथा रमाइलो ठट्टा गरी नयाँ वर्षको प्रारम्भ नभएसम्म बस्ने।
(ङ) अँध्यारोलाई उज्यालोले हटाए जस्तै परिवारमा सँधैं उज्यालो र खुशियाली आओस् भनी बेलुका बालेका बत्ति रातभर बाली राख्ने वा आकाश बत्ति बनाएर घर आँगनमा रातभर बालि राख्ने।
(३) ल्होछारको दिन
२८३८ औं ताग ल्होछारको पहिलो दिन अर्थात् २०५८ फागुन १ गते बसन्त ऋतु शुरु हुन्छ। त्यसैले कतिपय ठाउँमा यो वर्षलाई बसन्त पर्व ९क्उचष्लन ँभकतष्खब०ि का रुपमा मनाउने चलन छ। उक्त दिन मूलतः निम्न कार्यहरु सम्पन्न गरिन्छः
(क) छो चढाउने : ल्होछारको दिन घरमुली, घरको जेठोबाठो वा घरको अन्य कुनै सदस्यले सबेरै नुहाएर सफा भएर आफ्नो घरमा भएको लाखा ङ वा छ्योअीखा ङ र सो नभएमा भगवान गौतम बुद्धको कु वा तस्वीर राखी चोखो पानी, सा ङ छेमार वा फेमार दुची (दुअीछ्यु) तथा छो (फलफूल, कन्दमुल, आलु-भ्याकुर- तरुल, खाप्से गेङ, फुल्लौरो गेङ, बाबर गेङ, आदि) पकवानहरु राखी साङ सेरग्याम गर्ने। भगवान तथा पूर्खाहरुप्रति धन्यवाद ज्ञापन गर्ने र पर्याप्त खान, लाउन, बस्न तथा धनधान्य, समृद्ध परिवारको लागि आशिर्वाद माग्ने। पूजामा चढाएको छो, दुची, फेमर आदिले पाहुनाहरुलाई नयाँ वर्षको सगुन तथा प्रसादले स्वागत गर्ने।
(ख) दर्जु उठाउने :
नयाँ ल्हो को आगमनले (ल्होछार) ले दर्जु उठाउने : नयाँ ल्हो को आगमनले (ल्होछार) ले समस्त जगतकै प्राणीहरुको रक्षा एवं कल्याण गरुन् भनी मंगलमय कामना स्वरुप ल्होछारको प्रतिकको रुपमा घर आँगन तथा गाँउ वरिपरिका डाँडाहरुमा, गुम्बा, मठ मन्दिरहरुमा लु ङदर-दार्ज्यु गाड्छन् फहराउँछन्।
यो वर्ष ल्होछारको दिन बिहान ७ बजेसम्म दर्जु ठड्याउने राम्रो साइत परेको छ। लामालाई आफ्नो ल्हो अनुसार ची (पात्रो) हेराई भनेअनुसारको दर्जु राख्न सकिन्छ। लामा नभएमा पाँचै रङ्गको दर्जु राखे हुन्छ। त्यसो पनि नभेटेमा आकाशे रंगको दर्जु राख्नु राम्रो हुन्छ। उक्त दिन दर्जु नराखेमा बसन्त पञ्चमीको दिन बिहान सबेरै दर्जु उठाउनु राम्रो हुन्छ। दर्जुसँगै धूपबत्ति बाल्ने र केम (स्याल्गर) चढाउने गरिन्छ। पहिलो दिन दर्जु राख्नु नभ्याएकोहरुले पञ्चमीको दिन राख्नु सकिन्छ।
(ग) आशिर्वाद तथा शुभकामना दिने लिने : पूजाआजा सकेपछि सुख, शान्ति, निरोगिता र दीर्घायूको लागि सबै सदस्यहरुलाई परिवारको ज्येष्ठ व्यक्तिबाट नौनीघिउ तथा कोकोम्हेन्दोको टीका तथा खाता आशिर्वाद स्वरुप दिने र सानो साइनोकोले आफूभन्दा ठूलालाई पनि ढोग, खादा चढाई वा उपहार दिई सुख शान्तिको कामना गर्ने। भोजभत्तेर खाने। साथीसँगीसँग मिलेर केम लिने, रमाइलो गर्ने तथा तीर खेल्नु जाने। साथै, आफूले मान्नु पर्ने व्यक्तिहरुका आशिर्वाद लिनुजाने र आफूकहाँ आउने पाहुनाहरुलाई पनि स्वागत गर्ने। माघे संक्रान्तिमा गरिआएको सबै काम यस दिन गर्ने। पहिलो दिन वा पञ्चमी भित्रमा ल्होछारको उपलक्ष्यमा सामूहिक समारोह गर्ने र सो समारोहमा संयुक्त रुपमा धर्जु उठाई सबैले ल्ह ग्वल्लो दुद् फाम्मो (देवताको जीत मारको हार) भनी खुशीयाली स्वरुप चम्बा आकाशमा उडाई हर्ष बढाई गर्ने र त्यसपछि शुभकामना आदान प्रदान गर्ने।
(४) ल्होछार पश्चात्
ल्होछार उत्सवलाई हर्षाेल्लासपूर्वक सम्पन्न गर्न मान्यजन, नातागोता, कुल कुटुम्बा, इष्टमित्र लगायत सबै साथीसंगीहरुलाई भेटघाट गरी खादा सहित शुभकामना आशीर्वाद आदन-प्रदानका साथै आफ्नो गच्छे अनुसार आलोपालो गरी इष्ट मित्र कहाँ जाने, चेलिवेटी बोलाउने र खानपिन गर्ने। खानपीन आदान-प्रदान गर्ने। यो क्रम प्रतिपदादेखि पञ्चमी अर्थात् बसन्त पञ्चमीसम्म पनि मनाउन सकिन्छ। बसन्त पञ्चमीमा साना बाबुनानीहरुलाई पठन पाठन गराएमा छिटो सिक्ने भन्ने विश्वास भएकाले शिक्षा आरम्भ गराउने।
आउँदो वर्षभरीको अन्नबाली राम्रो र सफल होस् भनी भूमीपूजा, मंगलपूजा, प्रीतिभोज, वनभोज तथा साँस्कृतिक कार्यक्रम आदिको आयोजना गरी मैत्री एवं भावनात्मक रुपमा हर्षाेल्लासपूर्ण वातावरणमा ल्होछारपर्वको समापन समारोह आयोजना गर्ने। साथै, यसरी चाडपर्व मनाउँदा आफ्नो मान्यता परम्पराको पालना गर्ने तर आर्थिक रुपमा बोझ नपर्ने गरी हर्ष बढाईका साथ मनाउनु हुन पनि अनुरोध गरिएको
तामा ङहरुको ल्होछार विशेष खाद्य परिकारहरु :
(क) दुची (दुईचे) बनाउदा चाहिने बस्तुहरु
१. ङारसुम (गुलियो तीन) चिनी, सखर, मह।
२. कारसुम (सेेतोतीन) दुध, दही, नौनीघिउ।
३. सेरसा ङ (पवित्र रत्न) फलाम, तामा, सुन र चाँदी पखालेको पानी।
यी चिज मिसाई बनाएको तरललाई दुची (दुईचे) भनिन्छ।
(ख) छेमार (फेम्बेर) माथि बनिएको दुईचे (दुची) आधा भागचाहीँ दुईचे (दुचीकै रुपमा प्रयोग गर्न राख्ने र आधा दुईचे (दुची)मा मकै, गहुँ, चामल, कुनै एकको सातुमा मिलाई बनाएको खाद्य पदार्थलाई छेमार (फेम्बार) भनिन्छ।
(ग) खाप्से : गहुँ, जौ, चामल वा त्यस्तै अन्नको पीठोलाई चिनी र घिउसँग मोली मुछिएको पीठोलाई बिभिन्न आकृतिमा काटेर घिउमा पकाएको परिकारहरु।
(घ) बाल्डु : सकेसम्म तीते फापर तथा फापर वा सेतो कोदोको पीठोबाट बनाएर पानीमा पकाएका बिभिन्न आकृतिका परिकारहरु।
(ङ) आलुम : गहुँ वा कोदोको पानी रोटी।
(च) बाबर : कुल पूजा चढाउँदा गर्ने सादा बाबरहरु।
(छ) कन्दमूल : सबै प्रकारका तरुल, भ्याकुरहरु र विशेष बनतरुल।
(ज) फलफुल
(झ) माछा मासु
(ञ) गुथुग्पा : नौ थोक मिलाएर बनाएको खानालाई गुथुग्पा भनिन्छ। गुथुग्पासँगै भाग्य चिन्ने शुभ चिन्ह वा प्राणीहरुको संकेतहरु राखेको मिष्ठान्न वा खाद्यान्न राख्ने चलन तिब्बती तथा चीनीयाहरुमा पनि
पाइन्छ।।
२.३. गुरूङ जातिमा ल्होछार परम्परा :
ल्होछार परम्परालाई गुरूङ जातिले पनि आत्मसाथ गरि एउटा महान चाडको रुपमा मनाई आएको छ। यो नयाँ वर्षको साथसाथै गुरूङहरुको सगुन र अपसगुनका कुराहरु ल्हो मै आधारित छन् (तमु, वर्ष अंक-१, पौष)। गुरूङ ल्होछारका विज्ञ जनमान गुरूङका अनुसार यो गुरूङहरुले मान्ने ल्हो पनि पुरानो चलन अनुसारको क्ह्यल् ल्हो (राजसम्वत) हो भन्ने देखिन्छ। क्ह्यल् ल्हो को ल्होछार तिथि (चन्द्रमास) अनुसार पौष शुक्लपक्ष परेवाको दिन हुनु पर्ने हो र गुरूङहरु भने गते सूर्यमास अनुसार पुस १५ लाई ल्होछार मान्दछन् (छहरा साप्ताहिक ०५७ पुस) र त्यसलाई ल्होत्वोवा वा ल्होछार भनिन्छ। गुरूङ जातिले मनाउदै आएको ल्होछार परम्परामा पनि परम्परागत पाँच तत्वमा आधारित वर्ष चक्रलाई हेर्दा र अर्थ्याउँदा अन्य परम्पराहरु, तामाङतथा चिनीया वर्षचक्रहरुसंग प्रायः ठ्याक्कै मिल्छ। जस्तै गुरूङ भाषामा परम्परागत तत्वमा आधारित वर्षचक्रमा (१) च्यु (मुसा), (२) लो ङ् (गाई), (३) तो (बाघ), (४) ह्यी (बिरालो), (५) प्ह्रु (गरुड), (६) प्ह्री (नाग), (७) त (घोडा), (८) ल्हु (भेडा),(९) प्र (बाँदर), (१०) च्ह्य (चरा), (११) खि (कुकुर) र (१२) फो (मृग) रहेको जगमान गुरूङले उल्लेख गरेका छन्। यी ल्होहरु संग सम्वन्ध राख्ने तत्वहरुमा गुरूङहरुले तिब्बती या चिनिया तत्वहरुका वारे प्रकाश पारेको छैन तर चिनियाहरुले मानिने परम्परागत पार्खहरुको (एबचपजबक)े तिब्बती, चिनिया, गुरूङ र खस भाषामा अर्थ दिएको छ (परिशिष्ठ-१ हेनुहोस्)। ल्होछार सूर्यको गति अर्थात उत्तरायण सूर्य पृथ्वीको उत्तरदिशाबाट गई दक्षिण सिमानासम्म पुगि उक्त दिन फर्केको दिनको रुपमा मानिन्छ । तर गुरुङै भाषामा हाल सम्म महिनाहरुको नाम र यो ल्होछार चन्द्र पात्रोमा आधारित भएको कुराहरु प्रकाशमा आएको छैन।
गुरूङ जातिले ल्होछार चाडलाई ल्होछार आगमन हुने अघिल्लो साँझ घरआगनमा आगो वालेर धुनी जगाएर विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरी नयाँ वर्षलाई स्वागत गरिन्छ। ल्होछारका दिन विहान गुम्वा तथा क्हाहरुमा लामा, पच्यू, ध्यापृ गुरुहरु विश्व शान्ति तथा समस्त प्राणी जगतको कल्याणको लागि कामना गरी मंगल पूजापाठ गरिन्छ। समाजका मान्यवरहरुबाट आयुबृद्धि, सुखःशान्तिको कामना गर्दै रिपा धागो तथा खादा लगाएर आशिर्वाद ग्रहण गरिन्छ। टोल छिमेकमा परस्परमा शुभकामनाको आदान प्रदान गर्ने, रमणीय विभिन्न खेलहरु छेलो, तिर हान्ने, खेल्ने गरिन्छ।
ल्होछारको दिन गुरूङहरु विशेष खाना तरुल, पिंडालु उसिनेर खाने, फापरको धोसे रोटि, गहतको झोल आदि पकवानहरु बनाएर घरछिमेकको इष्टमित्र, साथीसंगी आदिलाई बोलाएर आलो पालो गरी र स्यो कैं खाने, आफ्नो नाता कुटुम्बेरीहरु, चेलीहरुलाई बोलाई ख्वाउने, गर्दछन्।
मना ङमा भने ल्होसारको दिन परिवारका सबै सदस्यहरुका नाममा फापरको रोटि पकाएर खाने र कुमारी केटीहरु पँधेरामा गई सफासुग्घर गरी धारा र गाग्रोमा ध्यू लगाई दिएर पानी लिइ आउँछन्। त्यसपछि याकको टाउको फोडी फापर, जौ र करुको भुटेको पिठोको परिकार बनाउँछन्, खान्छन र नाच गान गरेर रमाइलो गर्दछन् (नेत्र तमु, हाम्रो रोधि, वर्ष-१, अंक-१, २०५७ पौष। पेज १०-११)।
२.४. तिब्बती वा नेपालमा शेर्पा जातिले मनाउने ल्होछार परम्परा :
तिब्बत तथा नेपालमा मूख्य रुपमा शेर्पा, मना ङगे, तोप्केगोला, सि ङसा, ओला ङचु ङगे आदि जातिहरुले मनाउने लोसार वा ल्होछार एउटै तिथि र मितिमा पर्दछ। भारतीय चन्द्र पात्रो अनुसार यो फाल्गुण शुक्लपक्ष प्रतिपदा परेवाको दिन देखि आरम्भ हुन्छ। यो लोसार (नयाँ वर्ष) प्रत्येक तीन वर्षको एक पटक तिब्बती चन्द्र अधिकमास ९ीगललबच ीभबउ थभबच० परेको वर्षमा चिनिया वा नेपालमा तामा ङ, ह्योल्मो आदि जातिले मनाउने ल्होछार कै दिन पर्दछ।
तिब्बतीमा पनि १२ वर्षचक्र हुन्छ जसलाई प्रत्येक वर्ष क्रमशः (१) जीवा (मुसा), (२) ला ङ (गोरु), (३) ताग (बाघ), (४) योअी (खरायो), (५) डुक (ड्रअ‍ीगन), (६) डुल (सर्प), (७) ता (घोडा), (८) लुग (भँडा), (९) टे (बाँदर), (१०) ज्या (चरा-कुखुरा), (११) खी (कुकुर), (१२) फाग (बँदेल-सुंगर) नामाकरण गरिएको हुन्छ। यो वर्ष चक्र संग सम्बन्ध राख्ने पाँच खामहरु क्रमशः(क) सीङ wood, (ख) मे fire , (ग) सा earth, (घ) च्या metal र (ङ) छ्यु water हुन यी खामहरुको पनि दुई प्रभाव क्रमशः फो र मो (पुरुष र स्त्री) हुन्छ।
तिब्बती भाषामा दावा भनेको चन्द्रमा हो। तिब्बतीमा महिनालाई दावा अर्थात संक्षेपमा बोअ‍ीदा भनिन्छ। परम्परागत प्रचलन चन्द्रमामा आधारित महिना भएकोले महिना लाई बुझाउन दावा शब्द प्रयोग भएको पाईन्छ। मुख्यतया तिब्बतीहरुले बोद(बोइ) दावा दाङबो अर्थात तिब्बती प्रथम महिना, दावा ङीपा दोश्रो महिना एवं रुपले बाह्र महिनाहरुको गणना गर्ने गरिन्छ।
यो भन्दा पहिले तिब्बतिहरुले तिब्बति महिना नभनेर होर दावा भन्ने गरिन्थ्यो। होरको अर्थ मंगोल वा पवित्र या आर्य भन्ने लाग्दछ। अर्थात होर दावाले पवित्र मंगोल चन्द्र महिना भन्ने बुझाउँछ।
तिब्बतीहरुको पनि प्रथम चन्द्र महिनाको प्रथम दिनलाई नै नयाँ चन्द्रवर्ष लोसार आरम्भ भएको मानिन्छ। यो तिब्बती लोसार परम्परालाई तिब्बती संस्कार संस्कृतिसंग बढि निकट नेपालका हिमाली वासिन्दाहरु शेर्पा, लोमी, सीङसा, होलुङ आदि समुदायले मनाउँदै आएको छ। यसैरी नै तिब्बतीहरुले आफ्नो पात्रोलाई लोथो वर्षसंग र दाथो महिना संग आधारमानी गरी नामाकरण गरीएको पाइन्छ।
तिब्बतीहरुले पनि लोसारलाई तयारी, प्रारम्भ र लोसारको दिन गरेर विभाजन गरिएको पाईन्छ।
(क) तिब्बती लोसारको तयारीः
लोसार आरम्भ हुनु भन्दा एक महिना अगावै तिब्बतीहरु घर आगन, सफसुघर गर्ने, घरका भान्साका भित्ताहरुमा सेतो पिठोद्धारा अष्ठ मंगलका चिन्हहरु बनाउने, जोका विजनलाई पानमा भिज्याएर अंकुरण गराउँ छन् लोसारको प्रारम्भका दिन आगामी वर्षको अन्न वाली राम्रो भन्दा राम्रो भित्रियोस् भनी आरधना गर्दछन्। घरमा काठको कलात्मक रुपमा कुँदिएको दुई भाग रहेको भाँडोमा एकातिर फेमार र अर्कातिर जौ सहितको पाँचप्रकारका अन्नका विजनलाई रंगिन घिउद्धारा सजाएका हुन्छ। मुख्य कूल घरमा मंगल प्रतिक स्वरुप रंग मिसाएको घिउबाट बनेको भेँडाको टाउको बनाएर राख्ने गरिन्छ।
(ख) तिब्बती लोसार प्रवेशः
पुरानो वर्ष समाप्त भइ नयाँ आगमन हुने मध्यराममा घरका सवे परिवार जम्मा भएर विशेष रात्रीभोजको आयोजना गरिएको हुन्छ। उक्त रात्री भोजमा नौ प्रकार बस्तुहरु मिसाएर गु/थुक नामक पकवान बनाएको हुन्छ। गुथुकमा मिसाएको अखाद्य पदार्थ उन जुन चाँहिको भागमा प र्‍यो त्यो व्यक्तिको हृदय दयावान भएको मानिन्छन् भने जसको भागमा अंगार पर्छ त्यो व्यक्ति कालोमन भएको मानिन्छ। गुथुकमा यसरी नै खुर्सानी, टिम्बुर, केराउ आदि पनि मिसाइएको हुन्छ। यो गुथुक रात्री भोजन खाइ सके पछि लोसार प्रवेशलाई स्वागतार्थ फेमर (चम्पाको) पिठो आफ्नो शरिरमा दलेर त्यो पिठो मन्छाएर ङ्ग134याँक्ने त्यसरी नै घर चारै कुनाहरुमा पठिो छर्केर भूतप्रेत तथा पिचासहरुलाई धपाने गरिन्छ। आगनमा आगोबालेर पटाकाहरु पडकाएर, ठिटाहरु हाहा र हुहु हल्ला खल्ला गर्ने गरिन्छ। यसरी गुथुक खाइ सकेर आगनमा आगो बाली फेमरले हिर्काएर पहिले घरबाट र अनि गाँउ टोलबाट वर्षभरिको नराम्रा कालो दिनहरुलाई भुतप्रेत सरह धपाईन्छ। नयाँ राम्रो चोखो लोसारलाई प्रवेश गराइन्छ।
(ग) तिब्बती लोसारको दिन:
घरको मुली आमा सवेरै उठेर पधेँरा गइवरी चोखो सफा गरिएको भाँडो पानी ल्याउँछन्। सो पानी छर्केर अन्य परिवारका अन्य सदस्यहरुलाई व्युँताइन्छ। त्सै गरी घरमा पलिराखेको बस्तुभाउ पनि चोखो पानी छर्किन्छ। या पानी अती चोखो तथा पवित्र मानिन्छ। घरको सम्पूर्ण परिवार नयाँ वस्त्र पहिरिएर साइनो अनुसार ठूलाबाट सानो क्राम बस्छन्। सवैभन्दा जेठोले पहिल्यै तयार पारेर राखेको चम्पा, फेमर तथा विभिन्न अन्नहरु हालेर सजाई राखेको काठको भाँडोलाई बोकेर सवै परिवारलाई अर्पण गर्दटन् र अन्तमा फेमर(चम्पा)को पिठो माथि आकाश तिर छर्केर टासी देलेग् ल्हो ग्याल्हो। एकै स्वरमा एकै साथ भन्छ। अनि बसेर छ्या ङ तथा अन्य ल्होछार नम्ति बनाएको खाने कुराहरु खान्छन्। दोश्रो दिन देखि आफन्त जनहरुकाहाँ आउने जाने, खानपीनको आदानप्रदान गर्ने गर्दछन्।

८. सोनाम, ग्याल्बो ल्होछार वा लोसार, भिन्नताको भ्रम बारे :
ल्होछार वा लोसारको वारेमा जानी सकेपछि यो चाड मनाउनेहरु विच किन समय अन्तर भयो भन्ने जिज्ञासा उठनु स्वाभाविक नै हो। यो ल्होछार परम्परा मुख्यतया चिनिया सभ्यताकै उपज भएकाले सामान्य चिनिया तथा तिब्बतिहरुको खगोल शास्त्रीय मान्यता, पात्रो परम्पराको विकास र ज्योतिषशास्त्रको ईतिहास र उत्पत्तिका वारेमा थोरै भएपनि जान्नु पर्ने हुन्छ। तसर्थ यहाँ सार प्रस्तुत गर्ने जमर्को गरिएको छ।
८.१. तिब्बती ज्योतिष तथा खगोलशास्त्रको ईतिहास सार :
तिब्बतमा दुइ प्रकारका पात्रो परम्पराको प्रचलन रहेको पाईन्छ। ती हुन ज्युङची Elemental Chinese Astrology र कार ची Indian Astrology यो पात्रो परम्परा तिब्बतीयनहरुले चीन, भारत, पर्सीया, ग्रीस लगायतको देशहरुबाट आयात गरिएको ईतिहासमा पाईन्छ। तिब्बतमा चिनिया चन्द्रवर्ष परम्पराले दोश्रो शताब्दीमा तिब्बतका प्रथम राजा ङ्याखारि छेन्पोको समयमा प्रवेश पाएको हो। यो भन्दा पहिले तिब्बतिहरुमा पाँच भौतिक तत्वहरुको आधारमा ज्योतिष हेर्ने परम्परा थियो जो बोन धर्म तथा प्रकृति पूजकहरुको कालो र सेतो तान्त्रिक प्रणालीमा आधारित थियो, जसमा प्राणी बली दिईन्थ्यो।
वास्तवमा चौथो शताब्दीमा तिब्बतमा बौद्ध धर्मको व्यापक विकास भएपछि मात्र हालको ज्योतिष तथा खगोल शास्त्रले तिब्बतमा विकास हुने राम्रो अवसर मिलेको हो९९। यहि समयमा तिब्बतको नवौं राजाको शासनकालमा वोन परम्परादेखि चलिआएको सिजनमा नराम्राहरुलाई त्याग्ने, आध्यात्मिक रक्षाका निम्ति ठूलो परिमाणमा धुप वालेर जुन उत्सव मनाईन्थ्यो। त्यो उत्सव एक जना महिलाले समय अर्थात काललाई चन्द्रमाको गतिको आधारमा निर्धारण गरिने परम्परालाई नामाकरण गरिए देखि (खुर्पानीको फुल खेल्ने बसन्तऋतुको आगमन ताका) मनाईने किसानहरुको पहिलो महत्वपुर्ण यो उत्सव लोसारको रुपमा परिणत भएको थियो। त्यसपछि पनि तिब्बतका राजाले छैठौशताब्दीमा चार जना प्रतिभाशाली विद्धानहरुलाई चीनमा ज्योतिष तथा खगोलशास्त्रको अध्ययन गर्न पठाएका थिए। यो क्रम निरन्तर जारी रहेको देखिन्छ र छैठौं शताब्दीका तिब्बती राजकुमारले विवाह गरेका पाँचौं रानी, चिनिया राजकुमारीले चीनबाट चिनिया खगोलशास्त्र र ज्योतिषशास्त्रका पुस्तकहरु आफ्नो साथमा ल्याएका थिए। त्यसै खगोलशास्त्रीय चिनिया परम्पराको प्रभावले तिब्बतमा खगोलशास्त्र तथा ज्योतिषशास्त्रमा नयाँ आयाम थपेको थियो र त्यसरी नै सातौं शताब्दीमा तिब्बती राजा चक्यलन दत्कबल कन्ब्क एय को पालामा पनि तिब्बतमा खगोल तथा ज्योतिषशास्त्रकोदु्रतगतीमा विकास भएको पाईन्छ। त्यसले आठौ शताब्दीमा पुगेर तिब्बतमा ज्योतिषशास्त्रले स्वर्णयुगको रुपधारण गरी इतिहास कायम गरिदियो। सन १०२७ अग्नी खरायो वर्ष पछि, बौद्ध दर्शनको श्रीकालाचक्र तन्त्रको मुख्य तिनखण्डको आधारभूत अनुवाद संस्कृत भाषाबाट तिब्बति भाषामा लगेपछिछ तिब्बती पात्रो कालाचक्र (सौर्य)नयाँ वर्ष परम्परानुसार तिब्बती तेश्रो महिना(बोअ‍ी दावा सुम्पा) देखि प्रारम्भ भएको तिब्बति पात्रोको प्रचलन आरम्भ भयो। यसै बेला देखि तिब्बती चन्द्र पात्रोको तिथिमा घढबढ को भिन्नता तथा चन्द्र मलमास वर्ष जाड्ने कुरा अरु पात्रोहरुमा भन्दा भिन्न रहन गएको पाईन्छ। जो दाथो वा लोथो(पात्रो) यद्यपी तिब्बती प्रचलनमा छ। याहि खगोलशास्त्र तथा ज्योतिष परम्परा दशौं शताब्दीमा पुगेपछि शिथिल भयो। पछि बल्ल सत्रौं शताब्दीमा पुगेर पाँचौं दलाई लामा ङावाङ लोब्साङ ग्यासो को शासनकाल देखिमात्र पूनः राजकीय रुपमा मान्यता पाएको थियो। यसै परम्परालाई वर्तमान दलाई लामा देठी यीस्ये साङग्ये ग्यासो ले निरन्तरता दिईरहेको छ । तिब्बतीहरुले नववर्ष उत्सव र धार्मिक कर्मकाण्डहरुले यहि तिब्बती चन्द्रपात्रो कै आधारमा गर्ने गरिन्छ।
३.२. सोनाम ल्होछार लोसार र ग्याल्बु ल्होछार-लोसार कथित भिन्नताको कारण :
तिब्बती चन्द्रपात्रो र ग्रेगोरियन पश्चिमी पात्रो र भारतीय पात्रोमा सामान्य भिन्नता छ । त्यो भिन्नता भनेको तिब्बती पात्रोमा जम्मा बर्षभरिमा ३६० दिनमात्र हुन्छ।ट तिब्बती लोसार नेपालमा प्रत्येक वर्ष चन्द्र महिनानुसार फाल्गुन शुक्लपक्ष प्रतिपदाको दिन पर्दछ। तर प्रत्येक तीन वर्षमा एक पटक तिब्बती लोसार को त्यो दिन माघ शुक्लपक्ष प्रतिपदाको दिन एकै दिनमा नै पर्ने गर्दछ। किनभने तिब्बती पात्रोमा लोप हुने चन्द्र दिन र बृद्धिहुने चन्द्र दिन अर्थात तिथि नेपाल, भारत, लगायत अन्य समुदायहरुमा प्रचलित परम्परा भन्दा भिन्दै छ। त्यसैगरी चन्द्रमासको आधारमा निर्धारण गरिने अधिकमास वर्ष ९गिलबच भिबउ थभबच० हामी कहाँ भन्दा एक वर्ष पछिमात्र हुन्छ। यहि अन्तरले चिनीया तथा नेपालका तामा ङ, ह्योल्मो जातिहरुले मनाउने ल्होछारको परम्परा, प्रकृति, स्वरुप र ऐतिहासिक मुल्य र मान्यता एउटै भएतापनि तिथि र मितिमा अन्तर आएको हो। यो अन्तर तिब्बतमा कालचक्र तन्त्र मुताविकको पात्रो प्रवेश भएदेखि मात्र भएको हो। यो कुरा A brief introduction of Tibetan Astrology and Astronomy नामक वर्तमान तिब्बती निर्वासित सरककारको खगोल तथा ज्योतिषशास्त्र विभागद्धारा प्रकाशित पुस्तकको पेज नं १४ दोश्रो प्याराग्राफमा लेखिएको छ।)
त्यसकारण तिब्बतीहरुले मान्ने चन्द्र नयाँवर्ष लोसार र अन्य चिनिया परम्परागत चन्द्र नयाँवर्ष ल्होछार परम्परामा भिन्नता देखिएको हो। यहि कारणले गर्दा एउटै ऐतिहासिक आधार मूल्य र मान्यता भएको भएतापनि तामाङ, ह्योल्मो, चिनियाहरुले मनाउने र तिब्बती, शेर्पाहरुले मनाउने ल्होछार वा लोसारमा भिन्नता हुन गएको हो। यो कुरा स्पष्ट हुनको लागि सन २००१ र २००२ को तिब्बती(दलाई लामाको सरकारको आधिकारिक पात्रो) र अन्य चीन या भारतीय चन्द्रपात्रोको अधिकमास वर्षका अन्तरको आधारमा विश्लेषण गरी हेरेमा स्पष्ट हुनेछ। नेपाल तथा भारतीय काशी पात्रो, र चिनिया पात्रोमा सन २००१ फलाम पुरुष सर्प वर्षमा (चन्द्रमहिना १३ वटा) अधिकमास अर्थात चन्द्र मलमास वर्र्ष९गिलबच भिबउ थभबच० परेको थियो। तर तिब्बती चन्द्रपात्रोमा १२ वटा मात्र महिना थियो। यो वर्षको चीनिया तथा तामाङह्योल्मोहरुको ल्होछार माघ शुक्लपक्ष प्रतिपदामा र तिब्बतीहरुको लोसार नेपाली वा चीनीया वा भारतीय काशी पात्रो अनुसार फाल्गुन शुक्लपक्ष प्रतिपदाका दिन अर्थात ताग लोसार-ल्होछार( फलाम/पुरुष सर्प नयाँ वर्ष) एक महिनाको अघि चीनिया तथा तामाङह्योल्मो जातिहरुले (उर्फ सोनाम्) ल्होछार-लोसार मनाएका थिए, भने एक महिना पछि शेर्पा तथा तिब्बतीहरुले (उर्फ ग्याल्बु) लोसार मनाएको थियो। २००१ वर्ष चन्द्रमहिना १३ महिना अर्थात अधिकमास वा चन्द्र मलमास वर्ष परेकोले नेपाली तथा चीनिया चन्द्र पात्रो अनुसार सन २००२ मा सोनाम ल्होछार (पानी/स्त्री घोडा ल्होछार-लोसार) माघ शुक्लपक्ष प्रतिपदा स्वाभाविक रुपमा साविक भन्दा एक महिना पछाडि पर्न गएको थियो, जसलेगर्दा एक महिना ढिलोे आरम्भ हुने तिब्बती (पानी/स्त्री घोडा लोसार) नयाँवर्ष ग्याल्बु लोसार यो वर्ष एउटै दोबाटोमा जम्का भेट भएर एकै दिन एकै तीथीमा लोसार-ल्होछार परेको थियो। तर त्यो (पानी/स्त्री घोडा वर्षको तिब्बती चन्द्र महिना १३ वटा भएकाले सन २००३ को ल्हुग लोसार फेरी एक महिना बढन गई साविकै जस्तो एक महिना पछाडि(नेपाली, भारतीय तथा चनिया भन्दा एक महिना पछि) सरेर तामा ङ, ह्योल्मो, तथा चिनिया ल्होछार-लोसारको तीथिसंग पुन एक महिनाको भिन्नता हुन जान्छ। यसरी तिब्बती लोसार र चिनीया तथा तामा ङ, योल्मोहरुले मनाउँदै आएको लोसार-ल्होछार प्रत्येक अधिकमासमा एक पटक एउटै तिथीका दिन पर्ने गर्दछ। यदि तिब्बती पात्रोमा थपीने अधिकमास वर्षर्र् ९गिलबच भिबउ थभबच० र बाँकि अन्य प्रचलित पात्रोमा पर्ने अधिकमास वर्ष पात्रोमा जोड्दा एउटै वर्षमा जोड्ने वा अधिकमास वर्ष मा एक रुपता आएको भए कथित सोनाम र ग्याल्बो ल्होछार भन्ने भम्र फैलिने थिएनठ। यसरप्रकार तिब्बती तथा अन्य चन्द्र पात्रोमा आएको अधिकमास वर्ष थप्ने परम्पराको भिन्नताका कारण नेपालमा तामाङतथा ह्योल्मो जातिले मनाउने र तिब्बती, शेर्पा जातिले मनाउने ल्होछार वा लोसारको मितिमा भिन्नता आएको हो। यहि मितिले गर्दा एउटै पर्यायवाची नाम सोनाम ल्होछार-लोसार वा ग्याल्बो लोसार दुई भिन्दै नामले जानिन थालेका हुन्।
श्रद्धेय धर्मराज लामागुरु दलाइ लामाका नाम्ग्याल निजी गुम्बा शिकागो स्थित तिब्बतियन सेन्टरले राखेको द स्टोरी अफ लोसार न्यूयर शिर्षकमा राखिएको सूचनाअनुसार वर्तमान तिब्बतीहरुले मनाई रहेको लोसार नै तिब्बतमा किसानहरुले वोनकाल देखि मनाउदै आएको उत्सव हो। जसलाई हामी लोसार भनेर बडो धुमधामले मनाउने गर्दछौं। लोसार आरम्भ भएको दिन जनता अर्थात किसानहरुले मुख्य रुपले मनाउने भएकोले उक्त दिन नै लो फेरिने भएपनि राजाको सम्वत ग्यल्बु लोे भोली पल्ट छेपा ङीको दिन राजाले धुमधामले आधिकारिक राजकिय कार्यक्रम आयोजना गरी मनाउने तथा शुभकामनाको आदान प्रदान गर्ने गरिआएको छ भन्ने उल्लेख छ। यसले तिब्ब्ती ग्येल्बो ल्होछार र चिनिया (नेपालमा तामाङ, योल्मोहरुले मनाउँदै आइरहेको) ल्होछारको प्रकृति उत्पति र मान्यता एउटै भएको दर्शाउँछ।
९. ल्होछार वा लोसारय्.153लाई राजकीय (राष्ट्रिय) पर्वको मान्यताको प्रारम्भः
ल्होछार मान्ने समुदायहरुको समाजिक संस्थाहरु सकृयताले जातिय भाषिक, सांस्कृतिक अधिकारहरुको खोजी र राजकीय मान्यताको मागहरु बढेपछि हिमाली तथा पहाडी समुदायहरुले मान्ने नयाँवर्ष उत्सव अर्थात् ल्होछार वा लोसारलाई सार्वजानिक विदा घोषणा गरेर सरकारले राष्ट्रिय पर्वको मान्यता दिने क्रम बढ्दै गईरहेका छन्।
९.१. चन्द्र नयाँ वर्ष वा ल्होछार वा लोसारमा एकदिन विदाः
चन्द्रपात्रो अनुसार तामा ङ, ह्योल्मो लगायत आदिवासी-जनजातिहरुले मानी आएको चन्द्रनयाँ नयाबर्ष ल्होछार वा लोसार उत्सवलाई नेपाल तामाङ घेदुङ र अन्य ल्होछार वा लोसार प्रेमी जनजाति संघ संस्थाहरुको आव्हानमा तत्कालिन प्रधानमन्त्री स्व.मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वकालमा २०५१ साल माघ १३ गते देखि प्रत्येक माघ शुक्लपक्ष प्रतिपदा परेवाका दिन (चन्द्र बर्षको चन्द्र महिनाको पहिलो दिनलाई) एक दिन नेपालमा श्री ५ को सरकार मन्त्री परिषदले ल्होछार मान्ने कर्मचारीहरुलाई मात्र सार्वजानिक विदा दिने निर्णय गरेको कुरा २०५१ माघ १४ गते श्री ५को सरकार गृह मन्त्रालयले सार्वजानिक गरेको थियो।
यसै दिनलाई भारतको सिक्किम राज्य सरकारको सन् १९९८ नवेम्भर १८ तारिखको दिन प्रकाशित गजेट संख्या २६२ मा सूचिकृत गरि राज्यभरि एक दिन सार्वजानिक विदा दिँदै आएको छ।
९.२. न्हुदं नेवार ल्होछार :
काठमाडौं उपत्यका आफ्नो मुल थलो रहेको नेवार समुदायको प्राचिन मल्लकाल देखि प्रचलनमा रहेको नेपाल कै मौलिक सम्बत् नेपाल सम्बत का प्रतिपादक शंखधर साख्वाल लाई नेवारहरुको वर्षौंको आन्देालन संघर्ष पछि बल्ल राष्ट्रिय विभूति घोषणा गरेर नेपालमा श्री ५ को सरकारले २०५६ सालदेखि नेपाल सम्वत्को प्रारम्भ दिन न्हुदँ अर्थात् नयाँवर्षलाई पनि नेपाल सरकारले राष्ट्रिय पर्वको रुपमा राजकीय मान्यता प्रदान गरेको छ।
९.३. गुरूङ ल्होछार :
२०५७ पुसदेखि नेपालका गुरूङ जनजातिहरुले मनाउदै आईरहेको विभिन्न बाह्र जीवजन्तुहरुको नाममा आधारित बर्षचक्र अनुसारको नयाबर्ष ल्होछार उत्सव गुरूङ ल्होछार पुस १५ गतेका दिनलाई श्री ५को सरकारले गुरूङहरुलाई मात्र एकदिन सार्वजनिक विदा दिने घोषणा गरेको छ। नेपाल बाहिर यो दिनलाई भारतको सिक्किम राज्य सरकारले सन १९९८ देखि नै एक दिन राज्यभरी सार्वजानिक विदा दिने गरेको छ।
९.४. नेपाली चाडहरु विच भेदभावः
यसरी नेपालमा सरकारले नेपालका आदिवासी-जनजातिहरुको सिमित चाडपर्वहरुलाई एक एक दिनको सार्वजनीक विदा दिएर राष्ट्रिय पर्वको सूचिमा सूचिकृत गरेको पाईन्छ। तर सरकार र राज्यस्तरबाट यी राष्ट्रिय चाडहरुमा कुनै पनि औपचारिक र अनौपचारिक कार्यक्रमहरुको आयोजना गरिएन। यति सम्मकि जातिय संस्थाहरुले आयोजना गरेको त्यस्ता उत्सवहरुमा शुभकामना सन्देशसम्म दिनसम्म हिच्किचाउंछन।
नेपालमा सरकारले यस्तो हिमाली जातिहरुको चाडवाडमा कुनै बजेटको व्यबस्था गर्दैनन तर अन्य हिन्दू धर्मसंस्कृति संम्बन्धित राष्ट्रिय चाडहरुमा सरकारले राष्ट्रिय बजेटमा नै ब्यबस्था मिलाएर आर्थिकरुपमा कर्मचारीहरुलाई दशैखर्च पेस्की तथा अन्य थप भौतिक सहयोग सुविधाहरु दिईन्छ। विदा पनि देशभरी नै दिईन्छ तर आदिवासी-जनजातिका चाड तथा पर्वहरुमा केहि सुविधाहरु दिईन्दैन। ल्होछार चाडमा राष्ट्रियताको मान्यता स्वरुप सार्वजानिक विदा दिएता पनि त्यो ल्होछार मान्ने कर्मचारीहरुलाई मात्र भनेर विदा दिईएको छ। चाडमान्ने कुरामा राज्यसत्ता र राज्यले हिन्दू र गैर हिन्दूहरुको विचमा ठूलो भेदभाव गरिएको छ। यसले सत्ताधारीहरुको एकल जातिय अहंकार भनुँ वा ब्राम्हणवादी चिन्तन र नीयति नेपालमा बहुदलिय व्यबस्थामा पनि पंचायती कालमा झै विद्यमान रहेको कुरा पुष्टि गर्दछ। अर्थात् हिमाली भेगका जनजातिय चाड, पर्वहरुलाई जानाजान अपहेलना र उपेक्षा गरिएको छ।

निष्कर्ष :
तामाङ, ह्योल्मो लगायतको आदिवासी-जनजातिहरुले आफ्नो नयाँवर्ष फेरिने पर्वको रुपमा मान्दै आएको ल्होछार वा लोसार चिनिया परम्परामा आधारित चन्द्र नयाँवर्ष र पात्रोसंग मेल खाने ल्होछार परम्परा हो।
त्यसकारण कालचक्र पात्रोको, सौर्यमासको कुनै पनि दिन वा गते, पौष १५, या चन्द्रमास कै पूर्णिमाको दिन सम्वतसर, वर्ष, महिना फरिने कुरा चन्द्रवर्ष परम्परामा अर्थात चिनिया पौराणिक नयाँवर्ष (१२ आध्यात्मिक जीवजन्तुको वर्षचक्र) प्रचलनमा पाईदैन।
ल्होछार अथवा लोसार नेपालको हिमाली आदिवासी-जातिहरु तामा ङ, ह्योल्मो, गुरूङ, शेपाहरुको यो महत्वपूर्ण चाड भिन्न भिन्न समयमा भिन्न नामले(सोनाम, ग्याल्पो, तोला, पुस १५ आदि) मान्नु र फरक/फरक हुनुले १२ जीवजन्तुको वर्षचक्र परम्पराको ऐतिहासिकता र ईतिहासका बारेमा पूर्ण ज्ञाताहरुको कमि रहेको दर्शाउँछ र यो चाड हराउँदो क्रमबाट भर्खर पूर्नजागृत हुन खोज्दैछ भन्ने बुझउँछ।
चिनीया खगोलशास्त्र र तिब्बती खगोलशास्त्र एवं ज्योतिष वा पात्रो परम्पराको सरसर्ति अध्ययन गर्ने हो भने हामीमा विद्यमान १)तोला ल्होछार, २)सोनाम ल्होछार, ३)ग्याल्बो ल्होछारको बारेमा कहिँ कतै वर्णन र व्याख्या गरिएको वा उल्लेख गरिएको पाईंन्दैन (हेर्नु होस ईन्टरनेटमा ईन्साईड चाईना भित्र चाईनीज न्यूएर बारे र ईन्फो तिब्बत अन्तरगत दलाई लामाको तिब्बती खगोलशास्त्र, ज्योतिष विज्ञान र औषधो विज्ञान अन्तरगत)।
तसर्थ यदि १२ जीवजन्तुको वर्षचक्र परम्परा अनुसारको ल्होछार वा लोसार (नयाँवर्ष) परम्परा हो, भने त्यो चन्द्र नयाँवर्ष संस्कार र परम्परा नै हो। मंगोलीया, मलेसिया, सिंगापुर, चीन आदि देशहरुमा र चिनिया मूलका जातिहरु विच प्रचलनमा भएको ल्होछार वा लोसार परम्परा चन्द्र नव-वर्ष परम्परा नै हो। भवतु सब्ब मंगलम् ।। थुजेछे ।।

सर्वाधिकार
अजितमान तामाङ

Comments